नयाँ सोच र खोजको पोखरामा सभा, भोट मात्र होइन, काम गर्ने शैली बदल्न सरकारलाई खबरदारी

नयाँ सोच र खोजको पोखरामा सभा, भोट मात्र होइन, काम गर्ने शैली बदल्न सरकारलाई खबरदारी
  • १४ असार २०८३, आईतवार १५:३१

पोखरा -परिवर्तनका लागि नयाँ सोच र खोज अभियान’ अन्तर्गत देशभर सञ्चालन भइरहेको खबरदारी सभा पोखरामा समेत गरेको छ । अभियानले पोखरामा खबरदारी सभा गदै रोजगारी, सुशासन, शिक्षा, कर प्रणाली, नागरिक सेवा तथा विकासका विविध विषयमा राज्यलाई जिम्मेवार बन्न आग्रह गर्दै परिवर्तन व्यवहारमा देखिनुपर्ने बताएका छ ।

mulpatra

अभियानले स्वदेशमै रोजगारी सिर्जना, राजनीतिक नातावाद र विचौलियाको अन्त्य, स्वदेशमै विश्वविद्यालय स्थापना, लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने अभियानका मुख्य माग छन् ।्

खबरदारी सभामा बोल्ने वक्ताहरूले नयाँ सोच र खोजको उद्देश्य सत्ता कब्जा गर्नु नभई सत्तालाई जनताको दिशामा फर्काउनु रहेको स्पष्ट पारे । उनीहरूले आगामी निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले पाँच वर्षको स्पष्ट कार्ययोजनासहित जनतासँग प्रतिबद्धता गर्नुपर्ने र पाँच वर्षपछि ती योजना पूरा भएको हिसाब दिनुपर्ने धारणा अभियानका संयोजक रमेश भारतीले राखे ।

mulpatra mulpatra mulpatra

उनले कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधिलाई नेपालको आर्थिक विकासका आधार माने पनि हरेक निर्वाचनपछि यी क्षेत्र उपेक्षित हुँदै आएको बताए ।

खबरदारी सभामा प्रस्तुत अवधारणाअनुसार निर्वाचनपछि सत्ता बदलिँदै आए पनि प्रणाली नबद्लिँदा न विकास आयो, न परिवर्तन अब यस्तो अवस्था स्वीकार्य नहुने भन्दै अभियानले स्वदेशमै पुँजीअनुसारको लगानी, वैदेशिक रोजगारीको विकल्प, कृषिमा उत्पादन वृद्धि, पर्यटन विकास, कर प्रणाली सुधार, गाउँ–शहर जोड्ने द्रुतगतिको राजमार्ग, प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच बेडको स्वास्थ्य चौकी, व्यवहारिक शिक्षाको सुरुवात र वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने उनको माग थियो ।

यसै विषयसाग जोदै भारतीले विश्वविद्यालयको संख्या थप्नेभन्दा गुणस्तर सुधारमा ध्यान दिनुपर्ने र एउटै प्रकृतिका शैक्षिक कार्यक्रम दोहो¥याउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक पहल गर्न, नागरिकताको समस्या समाधान गर्न तथा संविधानले प्रत्याभूत गरेका अधिकारबाट कुनै पनि नागरिक वञ्चित हुन नहुने धारणा राखे ।

Image Source: © https://mulpatra.com

अभियानले पुराना सोच, नीति र अनुहारले देश बदल्न नसकेको, विकास नारामा सीमित भएको र भ्रष्टाचार, दण्डहीनता तथा बेथितिले राज्यको भरोसा कमजोर बनाएको निष्कर्ष निकालेको छ । युवाशक्ति विदेशिन बाध्य हुँदा देश सम्भावनाविहीन बन्दै गएको भन्दै यसविरुद्ध जनचेतना जगाउने, शासनप्रति खबरदारी गर्ने र नयाँ विकल्पको खोज गर्ने उद्देश्य रहेको जनाएको छ ।

अभियानका संयोजक कृष्ण बजगाईंले नेपाली नागरिकका लागि गास, बास र रोजगारीको व्यवस्था राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताए। उनले आठ घण्टा काम गर्ने सुनिश्चित वातावरण, श्रमको सम्मान तथा स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे। “अरू कुरा पछि गरौँ, पहिले नागरिकका आधारभूत आवश्यकता पूरा गरौँ,” उनले भने ।

बजगाईंले शिक्षा प्रणालीलाई सीपयुक्त, व्यावहारिक र रोजगारमुखी बनाउन नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै कर तिर्ने नागरिकप्रति राज्य उत्तरदायी हुनुपर्ने बताए । “कर तिरेका नागरिकले सामान्य सेवा लिन पनि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ,” उनले जोड दिए ।

अभियानले सुशासन र जवाफदेहिताका लागि भ्रष्टाचार र शक्ति दुरुपयोगविरुद्ध स्पष्ट सन्देश दिने, युवाहरू, बुद्धिजीवी र आमनागरिकलाई परिवर्तनको प्रक्रियामा सक्रिय बनाउने तथा अहिंसात्मक र लोकतान्त्रिक तरिकाले सुधारको माग अघि सार्ने प्रतिबद्धता व्यक्त उनले राखे ।

अभियानले पुराना सोच, नीति र अनुहारले देश बदल्न नसकेको, विकास नारामा सीमित भएको र भ्रष्टाचार, दण्डहीनता तथा बेथितिले राज्यको भरोसा कमजोर बनाएको निष्कर्ष निकालेको छ । युवाशक्ति विदेशिन बाध्य हुँदा देश सम्भावनाविहीन बन्दै गएको भन्दै यसविरुद्ध जनचेतना जगाउने, शासनप्रति खबरदारी गर्ने र नयाँ विकल्पको खोज गर्ने उद्देश्य रहेको जनाएको छ ।

सुकुवासीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गरी संविधानअनुसार उचित व्यवस्थापन गर्न सरकारसँग माग गरे ।
वक्ताहरूले समग्रमा परिवर्तन केवल भाषण र नारामा सीमित नभई व्यवहार, नीति र कार्यान्वयनमा देखिनुपर्नेमा जोड दिँदै सुशासन, पारदर्शिता, गुणस्तरीय शिक्षा, प्रभावकारी सार्वजनिक सेवा, रोजगारी सिर्जना र नागरिक अधिकार सुनिश्चित गर्न राज्यलाई निरन्तर खबरदारी गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा मिलन अधिकारीले पोखराको फोहोर व्यवस्थापनलाई दीर्घकालीन र प्रभावकारी बनाउन स्थानीय सरकारले ठोस योजना ल्याउनुपर्ने बताए ।

यस्तै, गणेश अधिकारीले परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्ने धारणा राख्दै आफ्ना समस्या पहिचान गरी समयमै सम्बन्धित निकायलाई खबरदारी गर्न नागरिकलाई आग्रह गरे ।

गणतन्त्रसँगै जन्मिएका नवपुस्ता देशको नागरिक हुँदै गर्दा राज्यसँग विश्वस्त रहन सक्दैन भने त्यो गम्भीर अवस्था पनि हो । नयाँ पुस्ता नवीन परिवेशसँग अभ्यस्त हुन्छ । स्वभावतः ती नविन विषयलाई जीवनसँग प्रयोग गर्न नसके देश ड्ब्ने चिता अभियानले गरेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com