पेट्रोलियम पदार्थको मूल्य अब घट्दै: अर्थमन्त्री वाग्ले

पेट्रोलियम पदार्थको मूल्य अब घट्दै: अर्थमन्त्री वाग्ले
  • १४ असार २०८३, आईतवार १७:१६

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मध्यपूर्वमा देखिएको समस्याको कारणले मूल्य वृद्धिबाट भएपछि अब घट्ने बताए।

mulpatra

उनले भने, ‘मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफैँ अर्थमन्त्री भएको दुई हप्ता भित्रै यही दफा १८ लाई टेकेर डिजेल, पेट्रोल, मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ।’

उनले अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गएको बताए। उनले थपे, ‘केही समय लाग्छ, इन्धन अब भारतीय आयल निगम मार्फत हामीले आयात गर्ने गरेका छौँ। एडजस्ट भएर आउनको लागि केही समय लाग्ला। मूल्य अब घट्नेवाला छ।’

mulpatra mulpatra mulpatra