तीनकुनेमा चल्यो गोली

तीनकुनेमा चल्यो गोली
  • १४ चैत्र २०८१, शुक्रबार १५:२७

काठमाडौं । दुर्गा प्रसाईका नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा प्रदर्शनकारी घाइते भएका छन । उनको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरी हस्तक्षेप हुँदा धेरै प्रदर्शनकारी र केही प्रहरी समेत घाइते भएका छन् ।
शुक्रबार दिउँसो तीनकुनेमा प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेर बानेश्वरतर्फ बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।
प्रहरीले सुरूमा लाठीचार्ज, अश्रुग्यास र पछि पानीको फोहोराले प्रहार गरेको हो।
प्रदर्शनको क्रममा भएको झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । झपडका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको र प्रदर्शनकारी तर्फ धेरै घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

mulpatra