Close

Recent Posts

समाजवादी मोर्चाले गर्यो शक्ति प्रदर्शन

समाजवादी मोर्चाले गर्यो शक्ति प्रदर्शन
  • १४ चैत्र २०८१, शुक्रबार १६:०३

काठमाडौं । गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले आव्हान गरेको प्रदर्शन भृकुटी मण्डपमा चलिरहेको छ । सभाका लागि विभिन्न ठाउँबाट प्रदर्शनकारीहरु नाराजुलुस सहित भेला भएर कार्यक्रम स्थल भृकुटीमण्डमा पुगेका थिए । कार्यक्रममा मोर्चामा आबद्ध चार दलका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने भएको छ। सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो।

mulpatra


आजको सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले सम्बोधन गर्नेछन्। यसैबीच, मोर्चामा चार पार्टीका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने तय भएपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने सभामा नजाने भएका छन्। खनाल यसअघिदेखि नै मोर्चाप्रति सकारात्मक सुनिँदैनन्।