गौशाला देखि तीनकुने कोटेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं । दुर्गा प्रसाईका नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज, अश्रुग्यास र पछि पानीको फोहोराले हानेपछि भिडन्तमा परिणत भएको क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कफ्र्यु आदेश जारी गरेको छ ।
काठमाडौंको गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कफ्र्यु लगाइएको प्रशासनले जनाएको छ ।
आक्रोशित प्रदर्शनकारीले एकिकृत समाजवादीको पार्टी कार्यालय, नेकपा माओवादी पार्टी कार्यालय, अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा गर्दै एउटा सरकारी गाडीमा समेत आगजनी गरेका थिए । भिड अराजक बन्ने देखेपछि प्रशासनले कफ्र्यु जारी गरेको जनाएको छ ।
यता संयुक्त जनआन्दोलनको कमाण्ड सम्हालेका प्रसाईले शान्तिपुर्ण प्रदर्शनमा घुसपैठ भएको र तिनीहरुबाटै अराजक गतिविधि भएको जनाएका छन् ।
