‘समस्या होइन, समाधानमुखी नेतृत्व’ भन्ने नाराका साथ लोकतान्त्रिक एसोसिएसनको महासचिवमा अभिनयसिंहको उम्मेदवारी
काठमाडौं– नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको आगामी नेतृत्व चयनका लागि अभिनयसिंह बस्नेतले महासचिव पदमा उम्मेदवारी दिएका छन् ।

‘समस्या होइन, समाधानमुखी नेतृत्व । सुरक्षित श्रम, सम्मानित व्यवसाय र समृद्ध नेपालको आधारका रूपमा वैदेशिक रोजगारी क्षेत्रलाई स्थापित गर्ने हाम्रो प्रतिबद्धता ।’ भन्ने बस्नेतले आफनो चुनावी नारा अघि सारेका छन् ।
एसोसिएसनले नयाँ नेतृत्वमार्फत व्यवसायीको हकहित संरक्षण, संस्थागत सुधार र वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ नेतृत्व चयन प्रक्रिया अघि बढाइरहेको छ । जसमा बस्नेतले युवा व्यवसायीको संरक्षा, सिण्डिकेट समस्या समाधान र वैदेशिक रोजगारीका बेथीति रोक्न प्रयास गर्ने योजना राखेर उम्मेदवारी दिएका छन् ।
![]() |
![]() |
![]() |
|---|
उम्मेदवारीमार्फत निम्न प्राथमिकताहरू
व्यवसायीहरूको अधिकार र सम्मानको संरक्षण ।
व्यवसायीका जायज समस्या समाधान गर्दै नीतिगत सुधारका लागि निरन्तर पहल गर्ने ।
वैदेशिक रोजगार क्षेत्रप्रति जनविश्वास बढाउन जिम्मेवार, नैतिक र उत्तरदायी व्यवसायिक अभ्यासलाई प्रोत्साहन गर्ने ।
वैदेशिक रोजगारीसँग सम्बन्धित नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकारसँग प्रभावकारी समन्वय गर्ने ।
एसोसिएसनलाई थप सक्रिय, पारदर्शी र उत्तरदायी बनाउने ।
सरकारसँग प्रभावकारी समन्वय गर्दै व्यवसायीमैत्री नीतिका लागि पहल गर्ने ।
वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधानका लागि साझा आवाज बुलन्द गर्ने ।
युवा व्यवसायीलाई नेतृत्वमा अवसर र सहभागिता बढाउने ।
सदस्यहरूको क्षमता अभिवृद्धि तथा संस्थागत एकतालाई मजबुत बनाउने ।
अभिनयसिंह बस्नेतले सक्षम, जिम्मेवार र परिणाममुखी नेतृत्वमार्फत एसोसिएसनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई महासचिव पदमा विजयी गराउन सदस्यहरूसँग समर्थन र विश्वासको अपिल गरेका छन् ।
Image Source: © https://mulpatra.com
एसोसिएसनमा अध्यक्षसहित प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी ९ पदाधिकारी र १० सदस्य गरी कार्यसमितिमा १९ जनाको निर्वाचन हुनेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



