कक्षा १२ को परीक्षाफल प्रकाशित, नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्डको बैठकले परीक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ६९।७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी भएका कुल परीक्षार्थीमध्ये ६४.१३ प्रतिशतले सफलता हासिल गरेका छन्।
यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार १७० जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ जना परीक्षार्थी सहभागी भएका थिए।
![]() |
![]() |
![]() |
|---|
नतिजाअनुसार १ लाख ४ सय ७१ जना विद्यार्थी नन–ग्रेडेड (अनुत्तीर्ण) भएका छन्। यस्तै, ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। थप दुई जना परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै उनीहरूलाई बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा एक वर्षसम्म सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ।
बोर्डले सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा दुई विषयमा नन(ग्रेडेड भएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको जनाएको छ।
यस वर्ष नियमिततर्फ ५ हजार ३३९ विद्यालयका ३ लाख ३२ हजार १७८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये १ लाख ७२ हजार १२ जना छात्र, १ लाख ६० हजार १३७ जना छात्रा तथा अन्य २९० जना रहेका थिए।
Image Source: © https://mulpatra.com
परीक्षा देशभरका १ हजार ४२० तथा जापानस्थित एक गरी कुल १ हजार ४२१ परीक्षा केन्द्रबाट सञ्चालन गरिएको थियो। कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि सञ्चालन भएको थियो।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



