भक्तपुरस्थित प्रसाईको घरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको घरमा एक समुहले आगजानी गर्ने प्रयास गरेको छ ।

राती नौ बजेतिर आएको १० –११ जनाको समुहले यस्तो प्रयास गरेको प्रसाईको घरमा रहेका एक व्यक्तिले फोन गरे मूलपत्रलाई जानकारी दिए । उनका अनुसार घरको बाहिरपटीमा पर्खालमा पेट्रोल छकिएर आगो लगाउन प्रसाय गरिएको थियो । प्रहरीलाई खबर गरेपछि उक्त समुह भागेको र राती आएर फेरी आगो लगाउने धम्की दिर्दै भागेको उनले बताए ।
राजावादीले तीनकुनेमा गरेको प्रदर्शनलाई सरकारले हिंसाको रुपमा हेरेको छ । जसका कारण पनि केही अज्ञात समुहले प्रसाईको घरमा आक्रमण गरेको उनको सचिवालयको आरोप छ ।
![]() |
![]() |
![]() |
|---|
यो कुनै राजनीतिक र वैचारिक आन्दोलन नभई हिंसात्मक प्रदर्शन भएको निष्कर्ष निकाल्दै सोहीअनुसार कारबाही गर्ने रणनीति सरकारले अपनाएको छ ।
यसका कारण पनि अज्ञात समुहले आक्रमण गरेको पाइएको छ । आजको आन्दोलनको कमान्डर दुर्गा प्रसाईं थिए ।



