राजावादीको प्रदर्शनमा पेस्तोल निकाल्ने व्यक्ति प्रहरी नै थिए

राजावादीको प्रदर्शनमा पेस्तोल निकाल्ने व्यक्ति प्रहरी नै थिए
  • १५ चैत्र २०८१, शनिबार १२:३१

काठमाडौं– काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रदर्शनमा भएका हिंसात्मक गतिविधिका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा छ्यापछ्यापती बनेका छन् ।

mulpatra

कोटेश्वरमा एक जना पुरूषले पेस्तोल निकालेको र अन्य व्यक्तिहरूले पुरूषहरूले लाठी बोकेको भिडिओ भाइरल भइरहेको छ । उनी कोहो हुन् भनेरपनि प्रहरीले निगारानी गरिरहेको छ ।

ब्युरोका प्रवक्ता एवं एसपी नारायण अधिकारीका अनुसार शुक्रबार दिउँसो प्रहरीको टोली अपरेशनबाट फर्किंदै थियो ।

mulpatra mulpatra mulpatra

त्यही बेला प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीहरू कोटेश्वरका भित्री गल्लीमा पसेको थियो । उनीहरू कोटेश्वरमै रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी अधिकारी रहेको खुलेको हो ।

आफ्नो सुरक्षाका लागि भनेर पेस्तोल निकालेका हुन् । ती अधिकारीले फायर भने खोलेका नखोलेको अधिकारीले जानकारी दिए ।

प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं फरार छन् । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल लगायत पक्राउ परिसकेका छन् ।

Image Source: © https://mulpatra.com