तिनकुनेमा राजावादी जनप्रदर्शनमा घुसपेठ हुँदा दंगा भड्कियो

तिनकुनेमा राजावादी जनप्रदर्शनमा घुसपेठ हुँदा दंगा भड्कियो
  • १५ चैत्र २०८१, शनिबार १२:५७

काठमाडौं– काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रदर्शनमा भएका हिंसात्मक गतिविधिका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा छ्यापछ्यापती बनेका छन् ।

mulpatra

राजावादीको हिंसात्मक आन्दोलनका कारण शुक्रबार दिउँसोदेखि रातिसम्म रणभूमि जस्तै बनेको तीनकुने क्षेत्रमा घुसपेठ भएको राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।

जसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई सरकारले पक्राउ गर्न खोजेको भन्दै विरोध जनाएका छन्।

mulpatra mulpatra mulpatra

तीनकुने क्षेत्रमा शुक्रबारको आन्दोलनपछि नजरबन्दमा रहेका सुवेदीले शनिबार विज्ञप्ति जारी गरी शाहलाई नजरबन्द वा पक्राउ गर्ने तयारी भइरहेको समाचार बाहिर आएको भन्दै आपत्ति जनाएका छन् ।

त्यसो भएमा देशभरबाट आम नागरिक स्वतःस्फूर्त विरोधमा उत्रिने चेतावनीसमेत उनले दिएका छन् ।

अग्रपंक्तिमा रहेका युवाले प्रारम्भदेखि नै उग्र नारा लगाउन थालेपछि प्रहरीले संयमित गराउन सम्झाउने कोशिश गरिरह्यो । तर शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा सङ्घर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकारले नियोजित घुसपैठ गराएको सुवेदीको आरोप छ ।

Image Source: © https://mulpatra.com

आन्दोलनका कमान्डर दुर्गा प्रसाई लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, कार्यक्रमपछि जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवलशमशेर राणा तथा प्रवक्ता स्वागत नेपाल लगायतलाई पक्राउ गर्ने र आफूलाई समेत घरमै नजरबन्दमा राख्ने कार्य भएको भन्दै सुवेदीले विरोध जनाएका छन् ।

जनताद्वारा गरिने आन्दोलन कुनै पनि नेताको इसारामा नचल्ने र जनचाहना तथा जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै गर्ने दाबी गरेका छन् । आफूहरू सदैव शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको उनको भनाइ छ ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख दल प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई मुख्य तारो बनाएका थिए, उत्तेजक र अभद्र शब्दसहित नारावाजी गरेका थिए ।