तीनकुने आन्दोलन: एमाले र राप्रपा सांसदबीच झनै कुटाकुट

तीनकुने आन्दोलन: एमाले र राप्रपा सांसदबीच झनै कुटाकुट
  • १६ चैत्र २०८१, आईतवार १४:५७

काठमाडौं– आइतबार बसेको प्रतिनिधि सभा बैठक सत्ता र प्रतिपक्षबीचको तनावका बीच स्थगित भएको छ। गएको शुक्रबार तीनकुनेस्थित राजावादीहरूले गरेको प्रदर्शनमा दुई जनाको ज्यान गएसँगै अर्बौंको धनमाल नष्ट भएपछी त्यस विषयले आज संसदमा प्रभावित बन्यो।

mulpatra

विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सरकारले बर्खास्त गरेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीले प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद अवरोध गर्दै आएका छन्। आजको बैठकमा पनि सबै विपक्षी दलका सांसदहरू उठेर संसद अवरोध गरिरहेका थिए।

तर, यही बीचमा सत्तारुढ एमालेका सांसदहरू पनि उठेर संसद बैठक अगाडी लैजान माग गरे। यति हुँदै गर्दा पनि विपक्षीले संसद अवरोध नछाडेपछि एमाले सांसद आक्रोशित बने। त्यसपछि उनीहरूले गएको शुक्रबार तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनको विषय उठान गरेपछि संसदमा स्थिति तनावग्रस्त बन्यो।

mulpatra mulpatra mulpatra

त्यसो त कांग्रेसका सांसदसहित एमाले सांसदहरूले राजावादीको उदण्डताबारे प्रश्न गरेका थिए। तर, कांग्रेस भन्दा अलि बढी उग्र भएर बोलिरहेका थिए एमाले सांसदहरू। यति हुँदै गर्दा पनि सभामुख देवराज घिमिरेले सत्ता वा विपक्षी दुवै तर्फका सांसदलाई बोल्न दिएका थिएनन्। र पनि सांसदहरू कराइरहेको आवाज भने आइरहेको थियो।

संसद बैठक अवरोधकै बीच राजावादी र गणतन्त्रवादी सांसदहरुबीच आरोप–प्रत्यारोप चलेको थियो। यसैबीचमा सत्तारुढ कोही सांसदले ‘राजावादीलाई जेल हाल्नुपर्छ’ भने राप्रपा अधक्ष्य राजेन्द्र लिङदेनले गणतन्त्रवादी सांसदहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिए।

लिङदेनले छाती पिटीपिटी भने, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल१’

Image Source: © https://mulpatra.com

त्यसक्रममा उनलाई राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र अन्य सांसदले पनि साथ दिएका थिए। सत्तारुढ एमाले र राप्रपा सांसद झन्झन् उग्र बनेपछि स्थिति थप तनावग्रस्त हुन नदिन सभामुख घिमिरेले १५ मिनेटका बैठक स्थगित गरे।

त्यसअघि प्रतिपक्षीले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिदै आ(आफनो ठाँउबाट उठेका थिए। अनि सभामुख घिमिरेले दुवै पक्षलाई स्थान ग्रहण गरी सभा सञ्चालनका लागि वातावरण बनाउन पटक(पटक आग्रह गरे पनि उनीहरूले टेरेनन्।