Close

Recent Posts

चैत्र २८ मा अष्ट्रेलियामा ‘आनन्द कार्की सुमधुर साँझ’

चैत्र २८ मा अष्ट्रेलियामा ‘आनन्द कार्की सुमधुर साँझ’
  • १७ चैत्र २०८१, सोमबार १९:१८

काठमाडौं । चैत्र २८ गते अर्थात् अप्रिल १० मा अष्ट्रेलियामा ‘आनन्द कार्की सुमधुर साँझ’ हुने भएको छ। पाल्पा इन्टरटेन्मेन्टको प्रस्तुति रहेको कार्यक्रम बार्दली फङ्सन सेन्टर, मेरील्याण्डमा हुनेछ। साँझ साढे ६ बजेबाट सुरु हुने सांगीतिक साँझमा आनन्द कार्कीले आफ्ना चर्चित सुमधुर गीतहरू गाएर दर्शकलाई झुमाउनेछन्।

mulpatra

आधुनिक तथा नेपाली सिनेमा पार्श्वगायनका लागि परिचित कार्की जनम जनम जिउँला सँगै, यी हल्लाहरू हुन् तिमीले सुनेका, लाग्छ मन हेरिरहुँ, सुन सुन मायालु जोडी हो, जिन्दगी बाँच्नु छ २-४ दिन, संसार यो बनेको छ, भरे आउँछु सपनीमा, तिमीसँग जे छ जस्ता गीतका लागि चर्चित छन्।

सो कार्यक्रममा अष्ट्रेलियामा बस्दै आएकी गायिका प्रीति घिमिरेले समेत आफ्नो प्रस्तुति दिनेछिन् भने कार्यक्रमलाई कलाकार, निर्माता तथा निर्देशक सोभित बस्नेतले सञ्चालन गर्नेछन्।

mulpatra mulpatra mulpatra

गाला डिनरसहितको यो सांगीतिक कार्यक्रमका लागि ५५ अष्ट्रेलियन डलरको टिकट तोकिएको छ।

साँझमा कार्कीले करिब २ घण्टा लामो सांगीतिक प्रस्तुति दिने जानकारी आयोजक संस्था पाल्पा इन्टरटेन्मेन्टले दिएको छ। पाल्पा इन्टरटेन्मेन्ट अष्ट्रेलियामा नेपाली सांगीतिक तथा सिनेमा गतिविधिमा सक्रिय रहँदै आएको छ।