राप्रपा सांसद दीपक बोहराको निधन

राप्रपा सांसद दीपक बोहराको निधन
  • १८ चैत्र २०८१, मंगलवार १२:३६

काठमाडौं– राप्रपा सांसद एवं पूर्वमन्त्री दीपक बोहराको निधन भएको छ । उनी रुपन्देही ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

mulpatra

बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा केही बेरअघि निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । घाँटीसम्बन्धी समस्याबाट पीडीत बोहरालाई पछिल्लो समय पेटसम्बन्धी स्वास्थ्य समस्याले सताएको थियो ।