प्रशासकीय अधिकृतलाई रोक्ने नगर प्रहरीको प्रयास असफल, कर्मचारी र जनप्रतिनिधिले कार्यालय छिराए

प्रशासकीय अधिकृतलाई रोक्ने नगर प्रहरीको प्रयास असफल, कर्मचारी र जनप्रतिनिधिले कार्यालय छिराए
  • २० चैत्र २०८१, बिहीबार १२:०५

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक्न नगर प्रहरीले प्रयास गरेका छन् । मेयर बालेन्द्र साहको निर्देशनमा उनीहरू अधिकृत रोक्न खटिएका हुन् ।

mulpatra

केही बेरअघि प्रशासकीय अधिकृतलाई कर्मचारी र जनप्रतिनिधहरूले स्वागत गरेका थिए । तर, बाक्लो संख्यामा परिचालिन नगरप्रहरीले रोक्न खोज्दा मुठभेडको अवस्था आएको थियो । तर, कर्मचारी र जनप्रतिनिधिका अगाडि नगरप्रहरीको जोर चलेन ।

कर्मचारी र जनप्रतिनिधको भिडले अधिकृतलाई सुरक्षा दिँदै कार्यकक्षमा लगेका छन् । यस क्रममा नगरप्रहरीसँग केहीबेर धकेलाधकेल भएको थियो । कर्मचारीहरूले नगरप्रहरीलाई नरोक्न चेतावनी दिएपछि उनीहरु पछि हट्न वाध्य भए । यसक्रममा कर्मचारीहरुले नाराबाजी पनि गरेका थिए ।

mulpatra mulpatra mulpatra