प्रशासकीय अधिकृत गुरागाईंलाई कर्मचारीले ताला फुटाएर कार्यकक्ष छिराए

प्रशासकीय अधिकृत गुरागाईंलाई कर्मचारीले ताला फुटाएर कार्यकक्ष छिराए
  • २० चैत्र २०८१, बिहीबार १३:०४

काठमाडौं– ३ महिना १४ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् ।

mulpatra

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको र भोलिदेखि सबै सहज हुने बताए । उनले भने, ‘उहाँले आफ्नो पदभार सम्हाल्नुभएको छ । अब सबै वातावरण सहज भइसक्यो । रोकिएको तलव सुविधा पनि खुल्छ ।’

महानगर प्रमुख बालेन साहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए । सो ताला फुटाएर कर्मचारीले उनलाई कार्यकक्षमा आसिन गराएका हुन् । प्रवक्ता मानन्धरले भोलिबाट प्रशासकीय अधिकृत कार्यालय आउन कुनै समस्या नहुने दाबी पनि गरेका छन् ।

mulpatra mulpatra mulpatra