सरकारले चैत १५ गतेको जस्तै दम्भ महानगरमा देखाएको बालेनको सचिवालयको दाबी

सरकारले चैत १५ गतेको जस्तै दम्भ महानगरमा देखाएको बालेनको सचिवालयको दाबी
  • २० चैत्र २०८१, बिहीबार १४:३०

काठमाडौं– कर्मचारीको जोडबलमा १०३ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका छन् । बिहीबार गुरागाईंले कर्मचारी र नगर प्रहरीबीचको तनाव झेल्दै कार्यकक्षमा पुगेर हाजिर गरेका हुन् ।

mulpatra

यसैबीच, मेयर बालेन शाहले गुरागराईंलाई रोक्न खोजेका थिए । यद्यपि मेयर सचिवालयको उक्त प्रयास सफल हुन सकेन । मेयर शाहको सचिवालयले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको दमनलाई विषयान्तर गर्नका लागि सरकारकै ठाडो निर्देशनमा यस्तो कार्य भएको बताएको छ ।

‘अनुसन्धानको दायरामा भएको, महानगरले स्पष्ट रुपमा गल्ती देखाइसकेको व्यक्तिलाई कार्यालय प्रवेश गराउने जुन नाटकमञ्चन गरिएको छ,’ मेयर शाहका प्रमुख स्वकिय सचिव भूपदेव शाहले अनलाइनखबरसँग भने, ‘सरकारले दम्भ देखायो । ठाडो आदेशमा १५ गते जुन राज्यले दमन गरेको छ, त्यसको विषयान्तर गर्नका लागि हो ।’

mulpatra mulpatra mulpatra

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको खण्डमा बिहीबार विरोधमा उत्रिएका जनप्रतिनिधि र कर्मचारी पनि जेल जान तयार हुनुपर्ने मेयर शाहको सचिवालयले बताएको छ । ‘भ्रष्टाचारको संदिग्न व्यक्तिलाई जसरी कार्यालयमा हाजिर गराउनुभयो । भोलि उहाँ दोषी देखिए भने उहाँहरू सबैजना जेल जान तयार हुनुपर्छ,’ भूपदेवले भने ।

गुरागाईं कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो । मेयर बालेन शाहको निर्देशनमा महानगरको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास गरेका थिए । गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास समेत गरेका थिए ।

बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पु¥याए । उनलाई गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन थियो ।

Image Source: © https://mulpatra.com

यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् । यसैबीच उपमेयर सुनिता डंगोलले कोठाभित्र बसेर निर्देशन नगर्न आग्रह गर्दै समस्या समाधानमा लाग्न मेयर शाहलाई आग्रह गरेकी छिन् ।