वीपीको शालिकमा कालोमोसो

वीपीको शालिकमा कालोमोसो
  • २३ चैत्र २०८१, आईतवार ०९:०६

काठमाडौ । जननिर्वाचित प्रधानमन्त्रीका रुपमा चिनिएका नेपाली कांग्रेसका पुर्व नेता बीपी कोइरालाको शालिकमा कालोमोसो दलिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले कोइरालाको शालिकमा कालोमोसो दलेको हो ।

mulpatra


शनिबार राति नेपालगञ्जको बीपी चोकमा रहेको बीपीको शालिकमा उक्त समूहले कालोमोसो दल्नुको साथै कालो कपडाले छोपीदिएका छन् ।


शालिक तोडफोडको समेत प्रयास भएको भन्दै कांग्रेस बाँके सचिव सुधांशु कोइरालाले विरोध जनाएका छन् । चैत्र १५ को काठमाडौंमा भएको प्रदर्शन पछि बाँके- २ का सांसद एवं राप्रपा महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो अहिले सम्म उनलाई रिहाई नगरिएकोले उनकोको रिहाइको माग गर्दै राँके जुलुस निकाल्ने क्रममा यो घटना भएको हो ।

mulpatra mulpatra mulpatra


१५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेसँगै त्यसका अगुवा राणासहित रवीन्द्र मिश्रलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही प्रकरणमा पक्राउ परेका राणालाई रिहा गर्न माग गर्दै नेपालगञ्जमा राप्रपाले राँके जुलुस निकालेको हो ।