Close

Recent Posts

लगानीकर्ताको खुसी तीन दिन पनि टिकेन शेयरबजारमा ३२.३५ पहिरो

लगानीकर्ताको खुसी तीन दिन पनि टिकेन शेयरबजारमा ३२.३५ पहिरो
  • २४ चैत्र २०८१, सोमबार १५:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनरबाट महाप्रसाद अधिकारी बाहिरिँदा केक काटेर खुसियाली मनाएका लगानीकर्ताको खुसी तीन दिन पनि टिकेन । साताको पहिलो कारोबार भएको दिन सोमबार शेयरबजारमा ३२.३५ पहिरो गएको छ ।

mulpatra

बजारमापक परिसूचक नेप्से ३२।३५ अंकले घटेर २६७०।९४ को बिन्दुमा आइपुगेको छ । सोमबार बजार घट्नुको कारण नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मा निलम ढुंगानालाई दिएपछि भएको केही बजार बिश्लेषकले बताएका छन् ।


वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका छन्।

mulpatra mulpatra mulpatra

बजार सुरु भएको केही मिनेटमा सामान्य अंकले बढेको बजार कारोबार बन्द हुँदा घटेको हो । यसदिन कारोबारमा आएका २ सय २१ कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्ताले ठूलो रकम गुमाएका छन् ।


आज बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने बजारमा हल्ला चलेपनि कामु नियुक्त गरेकाले लगानीकर्ता लगानी सुरक्षित गर्न लागेका केही विष्लेषकको दावी छ । देशको वित्तीय संस्थाको प्रमुख नियमक निकाय नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति नगरेर कामु गभर्नर नियुक्ती गरेपछि राजनीतिक भागबण्डा नटुङ्गिएको बुझेका लगानीकर्ता नाफा बुक गर्न तिर लागेको देखिएको छ ।