असार १५ मा ८० लाख लिटर दही खपत, सामाजिक सञ्जालले महत्व बढ्दै
काठमाडौं– नेपाल डेरी एसोसिएसनले राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव २०८३ को अवसरमा दही–चिउरा प्रवद्र्धन तथा उपभोग कार्यक्रममा देशभर करिब ७५ –८० लाख लिटर दही खपत हुने तथा एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ नेपाली कृषि, संस्कृति, परम्परा, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा जोडिएको पर्व भएको बताउँदै धान उत्पादन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख छ । हामीले असार १५ सँग पर्यटक जोड्न सकिने बताए । ‘धान रोपाइँसँगै दही–चिउरा खाने परम्पराले नेपाली समाजको मौलिक संस्कृति, सामाजिक एकता र जीवनशैलीलाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको छ ।’
नेपाल सरकारद्वारा तय गरिएको ‘जनमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै नेपाल डेरी एसोसिएसनको आयोजना तथा सरकारी, सहकारी, निजी क्षेत्र र अन्य सरोकारवाला निकायहरूको सहकार्यमा दही–चिउरा प्रवद्र्धन तथा उपभोग कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
दाहालका अनुसार नेपाल डेरी एसोसिएसनले स्थापना कालदेखि नै दुग्ध क्षेत्रको विकास, दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोग वृद्धि, किसानको हित संरक्षण तथा स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि निरन्तर काम गर्दै आएको छ।
‘दुग्ध क्षेत्र लाखौं किसान परिवारको प्रत्यक्ष जीविकोपार्जनसँग जोडिएको क्षेत्र भएकाले यसको दिगो विकास राष्ट्रिय अर्थतन्त्र, पोषण सुरक्षा तथा ग्रामीण समृद्धिका लागि अत्यन्त महत्वपूर्ण छ,’ उनले भने।
उनले असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई कृषि उत्पादन, श्रमको सम्मान, स्थानीय उत्पादनको उपयोग र सामाजिक सद्भावको जीवन्त उदाहरण भएको बताए।
Image Source: © https://mulpatra.com
खेतमा कठिन श्रमपछि दही–चिउरा सेवन गर्ने चलनले कृषक समुदायलाई ऊर्जा प्रदान गर्नुका साथै श्रमप्रतिको सम्मान र सामूहिकताको भावना बलियो बनाउने उनको भनाइ छ।
उनले पछिल्लो समय यस्ता परम्पराहरू क्रमशः हराउँदै गइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रममार्फत नेपाली मौलिक संस्कृति, कृषि परम्परा र जीवनशैलीलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको बताए।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



