जनआन्दोलन दिवस: प्रजातन्त्र स्थापनाको स्मरण

जनआन्दोलन दिवस: प्रजातन्त्र स्थापनाको स्मरण
  • २५ चैत्र २०८१, मंगलवार ०६:५५

काठमाडौं । प्रत्येक वर्ष चैत २६ गतेका दिन नेपालभर जनआन्दोलन दिवस मनाइन्छ। विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले कु गरे पछि शुरु भएको निरकुंस पञ्चायती व्यवस्थालाई जनताको आन्दोलनबाट २०४६ चैत्रमा अन्त्य भइको दिन नेपालको इतिहासमा विशेष महत्त्वको रूपमा स्मरण गरिन्छ।


आजकै दिन २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफल समापन भएको थियो, जसले देशमा पार्टी प्रणालीसहितको प्रजातन्त्रको पुनर्स्थापना गराएको थियो।


तत्कालीन पञ्चायती शासन अन्त्य गर्नका लागि नेपाली काँग्रेस, एमाले लगायत सात राजनीतिक दलहरूको अगुवाइमा चलेको यो आन्दोलनमा देशभर लाखौं नेपालीले भाग लिएका थिए। आन्दोलनका क्रममा सयौं नागरिकले घाइते तथा कैयौंले जीवनसमेत गुमाएका थिए।


चैत्र २६ गते राजा वीरेन्द्रले टेलिभिजनमार्फत बहुदलीय व्यवस्था पुनर्स्थापनाको घोषणा गरेपछि आन्दोलन समाप्त भएको थियो। त्यसपछि मुलुकमा ३० वर्षे पञ्चायती शासन अन्त्य भई बहुदलीय प्रजातन्त्रको युग सुरु भएको थियो।
यस अवसरमा काठमाडौंसहित देशभर श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा जनसभा आयोजना गरिएको छ।

नेताहरूले जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै समावेशी लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।
जनआन्दोलन–२०४६ नेपाली जनताको संघर्ष, बलिदान र ऐक्यबद्धताको उज्ज्वल इतिहास हो, जसले देशलाई प्रजातान्त्रिक बाटोमा डोर्यायो।