Close

Recent Posts

काठमाडौंको वायु प्रदुषण असर र उपाय

काठमाडौंको वायु प्रदुषण असर र उपाय
  • २५ चैत्र २०८१, मंगलवार ०७:५८

काठमाडौं उपत्यका, नेपालको राजधानी र सहरिकरणको केन्द्रबिन्दु हो। तर पछिल्लो केही वर्षदेखि काठमाडौं वायु प्रदूषणको चपेटामा परिरहेको छ। संसारका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पटक–पटक उच्च स्थानमा देखिने काठमाडौंमा स्वासप्रश्वास गर्ने हावा नै स्वास्थ्यको मुख्य जोखिम बन्दै गएको छ।

mulpatra

काठमाडौं उपत्यकामा केही दिन घाम देख्न मुस्किल परेको मात्रै होइन, दिउँसै अध्यारो भएको छ। हावा अझ बिखालु बनेको छ। आँखा पिरो हुने र घाँटी खसखसाउने समस्या बढेको छ । तराई क्षेत्रमा अहिले डढेलो व्यापक बनेको छ। तराई र चुरे आसपास लागेको डढेलोको धुवाँ काठमाडौं पस्दा यहाँको हावा प्रदूषित बन्न पुगेको छ।

वायु प्रदूषणको मुख्य स्रोतहरू

mulpatra mulpatra mulpatra

काठमाडौंको हावामा पाइएको PM2.5 (२.५ माइक्रोनभन्दा साना धुलो कणहरू) को मात्रा विश्व स्वास्थ्य संगठन (WHO) को सिफारिसभन्दा कैयौं गुणा बढी पाइन्छ। यो स्थिति निम्त्याउने मुख्य कारणहरू यस्ता छन्:

सवारीसाधनको अत्यधिक प्रयोग: पुराना इन्धन आधारित गाडीहरूबाट निस्कने धुवाँ।

निर्माणकार्य र धुलो: सडक विस्तार, भवन निर्माणजस्ता काममा धुलो नियन्त्रणको अभाव।

Image Source: © https://mulpatra.com

इँटा भट्टा र कारखाना: अपर्याप्त नियमन र प्रविधिको कमीले धुवाँ उत्सर्जनमा वृद्धि।

कूडा जलाउने प्रथा: प्लास्टिक, रबरलगायतका वस्तुहरू बाल्दा विषालु ग्यास निस्कन्छ।

भौगोलिक बनावट: काठमाडौं उपत्यका भित्रिएको ठाउँ भएकाले प्रदूषित हावा बाहिर निस्कन गाह्रो हुन्छ।

डडेलोः सुख्या याममा देशभरि हुने आगलागी

स्वास्थ्यमा पार्ने असरहरू

वायु प्रदूषणको प्रत्यक्ष र अप्रत्यक्ष असर मानिसको श्वासप्रश्वास प्रणालीमार्फत सम्पूर्ण शरीरमा पर्छ। विशेषतः बालबालिका, वृद्ध, गर्भवती महिला र दीर्घरोगीहरू बढी प्रभावित हुन्छन्।

मुख्य असरहरू:

-स्वासप्रश्वासका रोगहरू:

  • दम, ब्रोंकाइटिस, निमोनिया
  • दीर्घकालीन अवस्थामा क्रोनिक ओब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (COPD)

-हृदयघात र उच्च रक्तचाप:

  • धुलो कणहरू र विषालु ग्यासहरू रगतमा मिसिएर हृदयसम्बन्धी समस्याहरू निम्त्याउँछ।

-क्यान्सरको जोखिम:

  • विशेष गरी फोक्सोको क्यान्सरको खतरा वृद्धि हुन्छ।

-आँखा, छाला र घाँटीमा जलन:

  • एलर्जी, आँखा राता हुने, घाँटी बस्ने जस्ता समस्या।

-मस्तिष्क र मानसिक स्वास्थ्यमा असर:

  • हालसालैका अध्ययनहरूले लामो समय प्रदूषित हावामा बस्दा डिप्रेसन र मानसिक समस्या बढ्न सक्ने देखाएका छन्।

सरकार र जनस्तरमा गर्न सकिने उपायहरू

सरकारी तहमा:

  • सार्वजनिक यातायात सुधार र इलेक्ट्रिक सवारी प्रोत्साहन।
  • इँटा भट्टाहरूमा सुधारिएको प्रविधि अनिवार्य बनाउने।
  • निर्माणस्थलहरूमा धुलो नियन्त्रण मापदण्ड कडाइ।
  • प्रदूषण नाप्ने संयन्त्र (Air Quality Monitoring Station) थप विस्तार।
  • डडेलोको नियन्त्रणमा आवश्यक तयारी

नागरिक तहमा:

  • मास्कको प्रयोग, विशेष गरी N95 वा राम्रो क्वालिटीको।
  • बिहान–साँझ व्यायाम वा हिँडडुल कम गर्नु, जब प्रदूषण बढी हुन्छ।
  • घर वरिपरि हरियाली बढाउने, झ्याल ढोका बन्द राख्ने।
  • सकेसम्म साझा सवारी प्रयोग गर्नु वा हिँडेर/साइकल चलाएर यात्रा गर्नु।

काठमाडौंमा वायु प्रदूषण अब केवल वातावरणीय मुद्दा होइन, जनस्वास्थ्य संकटको अवस्थामा पुगेको विषय हो। यसबाट जोगिन तुरुन्त उपाय अपनाउनु अपरिहार्य छ। सरकार, नगरपालिकाहरू, नागरिक समाज र आम जनताबीच साझा चेतना र सहकार्य नभई यो समस्याको समाधान सम्भव छैन।