Close

Recent Posts

घरमा सधैँ एक जना मुली हुँदैन भन्दै गगन–विश्वप्रकाशतिर देउवाले नजर घुमाए

घरमा सधैँ एक जना मुली हुँदैन भन्दै गगन–विश्वप्रकाशतिर देउवाले नजर घुमाए
  • २८ आश्विन २०८२, मंगलवार १७:०५

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनमार्फत विधिगतरुपमा मात्रै आफूले नेतृत्व छाड्ने स्पष्ट पारेका छन् । जेनजी आन्दोलनपछि पहिलो सार्वजनिक सम्बोधनमार्फत उनले यस्तो प्रष्ट्याएका हुन् ।

mulpatra

कांग्रेसभित्र तत्काल नेतृत्व हस्तान्तरण गर्न माग भइरहेको सन्दर्भमा देउवाले प्रष्टरुपमा भनेका छन्– घरमा सधैँ एक जना मूली रहँदैन । उनले पार्टीको १५ औं महाधिवेशनमार्फत आफूले वैधानिकरुपबाट नेतृत्व छाड्ने प्रष्ट्याएका छन् ।

“पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन्, म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने, घरमा सधैँ एकै जना मुली रहँदैन । पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन ।”, उनले भनेका छन्, “जहाँसम्म मेरो विषय छ– मैंले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु ।”

उनले १५औं महाधिवेशनमा आफू पार्टी सभापतिमा नउठ्ने पनि प्रष्ट्याएका छन् । पहिलो सार्वजनिक सम्बोधनसँगै देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई सम्पेका छन् ।