कतारमा पैसा कुम्ल्याएकै परराष्ट्रमा ‘रुख छापे’ नामबाट प्रचारित क्षेत्री देउवादम्पतीको बेडरुममै राहदानी पुर्याउने
काठमाडौं– भदौ २४ गते पाँचपटक देशको कार्यकारी प्रमुख भएका कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजू राणा घरमै कुटाइ खाए । जेन–जी आन्दोलनको नाममा मच्चाइएको विध्वंशले बूढानिलकण्ठस्थित उनीहरुको निवास खरानी भयो । त्यसपछि आज मात्र देउवा कांग्रेस बैठकमा सहभागि भए ।

देउवा दम्पती उपचारको बहानामा विदेश जान सक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रलाई सतर्क गराएको थियो । तर उनीहरुको असोज ३ मा अस्पतालबाटै नयाँ राहदानी लिएको तथ्य खुल्यो । यसमा राहदानी विभागका कार्यरत क्रिशु क्षेत्रीले देउवा दम्पतीको पासपोर्ट बनाइदिने तथ्य खुलेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
क्षेत्री देउवा दम्पतीनिटक कर्मचारी भएको र उनकै निर्देशनमा देउवा दम्पतीको राहदानी बनाइएको राहदानी विभागका एक कर्मचारीले जानकारी दिए । राहदानी विभागसङ्गैको कन्सुलर सेवा बिभागमा कार्यरत एकजना कांग्रेस कार्यकर्ताले अस्पतालमै बायोमेट्रिक गराएर राहदानी बनाइदिएको सूचना अध्यागमनसम्म पुगिसकेको थियो ।
देउवा र आरजु सेप्टेम्बर २८ मा थाइल्याण्डको राजधानी बैंकक उड्ने तयारीमा थिए । र,थाई एयरवेजको टिकटसमेत बुक भैसकेको थियो । तर, अध्यागमनका कर्मचारीबाट सहयोग नहुने बुझेपछि उनीहरु एयरपोर्ट जान हच्किएको स्रोतले खुलायो । तर उनीहरुको योजना नै विफल भयो ।
तर विभागका अनुसार क्षेत्रीले नियमविपरित देउवा दम्पतीको राहदानी बायोमेट्रिक नगराइ जारी गरेको विषयमा अहिले गृह र परराष्ट्र मन्त्रालयले अनुसन्धान गरिरहेको छ । यस विषयमा छानबिन गरि क्षेत्रीलाई कारवाही गर्ने तयारीमा सरकार छ ।
जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर क्षेत्री (दुबसु) का सहोदर भाइ क्षेत्री परराष्ट्रमा ’रुख छापे’ भनेर परिचित छन् । नेपाल सरकारको कर्मचारी भएपनि क्षेत्रीका परिवारले कांग्रेस कार्यकर्ताका जस्तो व्यवहार र काम गदै आएका छन् । क्षेत्री कतारमा सहायक राजदूत भएर काम गदै अनेकौै बाहाना ठगि गर्ने कर्मचारी भनेर प्रचारित थिए ।
कतारस्थित नेपाली राजदूतावासमा प्रथम सचिव कृष्ण कुमार सुवेदी कार्यरत हुँदा क्षेत्रीले त्यसैलाई कमाउने भाडो बनाएको गुनासो नेपालीहरुले गरेका थिए । यतिसम्म किन उनले विचौलिया, दलालहरु खडा गरेर नेपाली कामदारहरुबाट रकम असुल्ने प्रमुख पात्र सुवेदी रहेको आरोप लागेको थियो । उनी गत साउनमा नेपाली फर्किएका हुन् ।
क्षेत्रीले कतारका एनआरएनएसँग मिलेर डिजिटल भुक्तानीको व्यवस्था गर्नबाट सेवाग्राहीलाई बञ्चित बनाए करोडौं ठगि गरेको त्यहाँ रहेको विभिन्न संघसंस्थाको आरोप छ । सुवेदीले विचौलिया मार्फत पैसा लिएर काम गर्ने गरेकाले पैसा नदिने सोझासिधा नेपाली कामदारको पालो नपाउने गरेका थिए ।
सुवेदीले राजदूत रमेशचन्द्र पौडेललाई पनि निरीह जस्तै बनाएको दूतावासकै कर्मचारीहरु बताउँछन् । उनले आफ्ना परिवारका सदस्यहरुलाई नेपालबाट बोलाएर आफू सहित छिमेकी मुलुक साउदी अरव, युएई, लगायत भ्रमणमा दूतावासको गाडी दुरुपयोग गरी घुमाएको पनि उनीहरुको आरोप छ ।
श्रमिकको लागि पठाइएको पैसा दूतावासले दुरुयोग गरेको गुनासो त्यहाँस्थित विभन्न संघसंगठनका अगुवाहरुले बताएका छन् । यसमा त्यतिबेला यीनै सुवेदीको हात र प्रमुख भुमिका रहेको पनि उनीहरुको आरोप थियो । यसको जवाफ उनले दिएका छैन ।
देउवा परिवारलाई रिझाएर सुवेदी दाजुभाइले लामो समयदेखि परराष्ट्रमा हालीमुहाली चलाएको पाइन्छ । उनी मात्र होइन । उनका दाई अथवा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर क्षेत्री (दुबसु)को भुमिका पनि त्यस्तै छ । उनले हाल जापानको रोजगारीमा निजी अथवा कन्सल्टेन्सीलाई प्रवेश गराएर सिण्डिकेट लगाउन लागि परेका छन् ।
बेलायतमा रहँदा राजदूत भएका बेला दुबसुले फुटबल खेल्दा लडेर घाइते भएका देउवापुत्र जयवीरसिंहको राम्रो हेरचाह गरेको चर्चा थियो । त्यसबेला आरजूलाई ६ महिना पालेर जयवीरलाई दूतावासमै राखी राम्रो स्याहारसुसार गरेकै कारण देउवा प्रधानमन्त्री भएका बेला उपहारस्वरूप उनी जापानको राजदूत बनाइएको भन्नेहरू धेरै छन् । त्यसवापत दुबसुले पनि जापानमा आरजुको हिपको उपचार गराउन सक्योग गर्दै आएको बताइन्छ ।
पहिले बेलायतको राजदूत खाएका दुबसुले लगत्तै जापानको नियुक्ति पाए । परराष्ट्र सेवाबाट राजदूत बनेको भनिए पनि आरजूसँग खास सम्बन्ध भएकै कारण उनलाई पटक–पटक त्यस्तो अवसर मिलेको काँग्रेसीहरू नै स्वीकार गर्छन् ।
हालसम्म लगभग ४ लाख जति नेपाली युवा कतारमा कार्यरत छन् । नेपाली युवाहरु कामदारका रुपमा जाने खाडी मुलुकहरु मध्येको कतार एउटा प्रमुख गन्तव्य हो । यही देशमा गएका बेला क्षेत्रीले ठुलो रकम कमाएर फर्किएको आरोप छ । उनलाई हाल राहदानी विभागबाट परराष्ट्र मन्त्रालयले तानिएको छ ।
देउवा दम्पतीको पासपोर्ट बनाएको विषयमा छानबिन भइरहेका र यसको तथ्य केही दिनमा बाहिर आउने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । अनुसन्धानपछि दोषीमाथि कारवाही हुने उनले बताए ।
