तीनकुने घटनामा सलंग्न नभएका प्रसाईका परिवारलाई अनुसन्धानका नाममा दुख दिदै सरकार

तीनकुने घटनामा सलंग्न नभएका प्रसाईका परिवारलाई अनुसन्धानका नाममा दुख दिदै सरकार
  • २६ चैत्र २०८१, बुधबार १२:०५

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले दुर्गा प्रसाईका दाई राकेश प्रसाईलाई पक्राउ गरेको थियो । तीन कुने घटनामा अनुसन्धान गर्न भन्दै राकेशलाई परिसरले सोमबार नियन्त्रणमा लिएको थियो ।

mulpatra

प्रसाईंलाई मंगलबार साँझ हाजिरीजमानीमा रिहा गरिएको परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए । उनी रिहा भएपनि तीन कुने घटनामा संलग्नता रहे नरेहको विषयमा भने अनुसन्धान जारी रहने पनि उनले बताए ।

चैत १५ गतेको कार्यक्रमको कमाण्डर तोकिएका दुई प्रसाईंमाथि सरकारले हिंसात्मक आन्दोलन गरेको आरोप लगाएको छ ।दुर्गा प्रसाईं भने फरार छन् । उनलाई प्रहरीले खोजि गरिरहेको भएपनि पक्राउ गर्न सकेको छैन। अरु ७५ जनालाई भने हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

mulpatra mulpatra mulpatra

तर तीनकुने घटनापछि सरकारले प्रसाईको परिवारलाई कारणबिना दुख दिएको पाइयो । यस घटनामा परिवार सलंग्न नभएका पनि प्रहरीले उनको परिवारलाई अनुसन्धान गर्ने भन्दै विनाकारण दुख दिइरहेको छ ।

दुर्गा प्रसाई फरार भएका कारण हामीले केही संलग्न रहेको अनुमानमा सोधखोजका लागि नियन्त्रणमा लिएको रिसरका एसपी अपीलराज बोहराले जानकारी दिए । यसलाई दुख दिएको भन्न नल्निे उनको भनाइ छ ।