तीनकुने घटनामा सलंग्न नभएका प्रसाईका परिवारलाई अनुसन्धानका नाममा दुख दिदै सरकार

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले दुर्गा प्रसाईका दाई राकेश प्रसाईलाई पक्राउ गरेको थियो । तीन कुने घटनामा अनुसन्धान गर्न भन्दै राकेशलाई परिसरले सोमबार नियन्त्रणमा लिएको थियो ।
प्रसाईंलाई मंगलबार साँझ हाजिरीजमानीमा रिहा गरिएको परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए । उनी रिहा भएपनि तीन कुने घटनामा संलग्नता रहे नरेहको विषयमा भने अनुसन्धान जारी रहने पनि उनले बताए ।
चैत १५ गतेको कार्यक्रमको कमाण्डर तोकिएका दुई प्रसाईंमाथि सरकारले हिंसात्मक आन्दोलन गरेको आरोप लगाएको छ ।दुर्गा प्रसाईं भने फरार छन् । उनलाई प्रहरीले खोजि गरिरहेको भएपनि पक्राउ गर्न सकेको छैन। अरु ७५ जनालाई भने हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
तर तीनकुने घटनापछि सरकारले प्रसाईको परिवारलाई कारणबिना दुख दिएको पाइयो । यस घटनामा परिवार सलंग्न नभएका पनि प्रहरीले उनको परिवारलाई अनुसन्धान गर्ने भन्दै विनाकारण दुख दिइरहेको छ ।
दुर्गा प्रसाई फरार भएका कारण हामीले केही संलग्न रहेको अनुमानमा सोधखोजका लागि नियन्त्रणमा लिएको रिसरका एसपी अपीलराज बोहराले जानकारी दिए । यसलाई दुख दिएको भन्न नल्निे उनको भनाइ छ ।