दुर्गा प्रसाईले आफ्नो सुरक्षाका लागि आसाम प्रहरी समक्ष दिए पक्राउ

काठमाडौं । चैत्र १५ को राजावादी आन्दोलनमा आफ्नो ज्यान सुरक्षाका लागि भुमिगत भएका दुर्गा प्रसाईले आफ्नो ज्यान सुरक्षाका लागि भारत स्थित आसाम प्रहरीकहाँ पुगेर पक्राउ दिएका छन् । नेपाल प्रहरीको गोली लागि २० जना भन्दा बढी घाइते भएको चैत्र १५ को घटना पछि दुर्गा प्रसाई भुमिगत भएका थिए ।
राज्यबाट शोषित पीडित र सबै राष्ट्रवादी नागरिकलाई एकजुट हुन आव्हान गर्दै नागरिक बचाउ महाअभियानका सन्चालन गरिरहेका दुर्गा प्रसाई नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र राजावादी आन्दोलनको कमाण्डर बनाएको थियो ।
उनै प्रसाईको नेतृत्वमा भएको चैत्र १५ गतेको तिनकुने घटनामा घुसपैठ हुनपुग्दा प्रदर्शनकारी र पत्रकार गरि दुई जनाको मृत्यु भएको थियो ।
प्रहरीले राजावादी आन्दोलनमा सय भन्दा बढी गोेली र आठ सय जति अश्रृ ग्यास चलाएको थियो । त्यसक्रममा सयौ घाइते समेत हुन पुगेका थिए । अहिले त्यस घटनाको न्यायिक छानविनको कुरा सर्वत्र उठीरहेको र यता राज्य भने दुर्गा प्रसाईलाई खोजी गरिरहेको थियो ।
आफ्नो ज्यानको सुरक्षाका लागि भारत स्थिति आसाम प्रहरी कहाँ पुगेका दुर्गा प्रसाईलाई आजै कोशि प्रदेशको काकरभिट्टा प्रहरीलाई बुझाउने सम्भावना रहेको श्रोतको दावी छ ।