Close

Recent Posts

मधेश प्रदेशमा दुर्घटनाको भयावह अवस्थाः पाँच वर्षमा दुई हजार सात सय ४८ जनाले ज्यान गुमाए, १० हजार बढी घाइते

मधेश प्रदेशमा दुर्घटनाको भयावह अवस्थाः पाँच वर्षमा दुई हजार सात सय ४८ जनाले ज्यान गुमाए, १० हजार बढी घाइते
  • ४ असार २०८३, बिहीबार १५:५४

काठमाडौं । मधेश प्रदेशमा सडक दुर्घटनाको अवस्था पछिल्ला वर्षहरूमा झन् गम्भीर बन्दै गएको तथ्यांकले देखाएको छ। प्रदेशस्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशालामा सार्वजनिक गरिएको विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको पाँच वर्षको अवधिमा प्रदेशभर २९ हजार १८३ सडक दुर्घटना भएका छन्।

mulpatra

ती दुर्घटनामा दुई हजार ७४८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ८६६ जना गम्भीर र ६ हजार १४२ जना सामान्य घाइते भएका छन्। तथ्यांक अनुसार दुर्घटनाको संख्या वर्षेनी बढ्दो क्रममा रहेको छ।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा मात्रै दुर्घटनाको संख्या २३ प्रतिशतले वृद्धि भएको देखिएको छ। प्रदेशका आठ जिल्लामध्ये धनुषा र बारा सडक दुर्घटना तथा मानवीय क्षतिको हिसाबले सबैभन्दा प्रभावित जिल्लाका रूपमा देखिएका छन्।

mulpatra mulpatra mulpatra

पाँच वर्षमा धनुषामा ४ हजार ८६८ दुर्घटनामा ४२८ जनाको मृत्यु भएको छ भने बारामा ४ हजार ५४८ दुर्घटनामा ४१६ जनाले ज्यान गुमाएका छन्। सडक दुर्घटनामा संलग्न सवारी साधनमध्ये दुई पाङ्ग्रे सवारीको हिस्सा सबैभन्दा बढी रहेको छ। कुल संलग्न सवारीमध्ये झण्डै ६७ प्रतिशत मोटरसाइकल तथा स्कुटर रहेको तथ्यांकमा उल्लेख छ।

दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही रहेको देखिएको छ, जहाँ कुल दुर्घटनामध्ये करिब ८५ प्रतिशत चालककै कारण भएको पाइएको छ। साँझ ६ बजेदेखि मध्यरातसम्मको समय दुर्घटनाका दृष्टिले सबैभन्दा जोखिमपूर्ण रहेको तथ्यांकले देखाएको छ।