Close

Recent Posts

एसभिपिमार्फत साउदी जाने कामदारसँगै १५ हजार कुम्ल्याएर अबौं लुट्ने दाउमा सभामुखदेखि पुर्वश्रममन्त्री शरद्–राजेन्द्र, चन्द्र ढकालसहित पौडेल र सुफियान

एसभिपिमार्फत साउदी जाने कामदारसँगै १५ हजार कुम्ल्याएर अबौं लुट्ने दाउमा सभामुखदेखि पुर्वश्रममन्त्री शरद्–राजेन्द्र, चन्द्र ढकालसहित पौडेल र सुफियान

आरजूको घरमा अख्तियारको सूचना टाँस, तीन दिनभित्र उपस्थित हुन जानकारी

आरजूको घरमा अख्तियारको सूचना टाँस, तीन दिनभित्र उपस्थित हुन जानकारी
  • ४ असार २०८३, बिहीबार १५:३३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धानका क्रममा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन सूचना जारी गरेको छ। आयोगको टोलीले बुधबार बुढानीलकण्ठस्थित उनको निवासमा पुगेर तीन दिनभित्र आयोगको कार्यालयमा उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको हो।

mulpatra

आयोगले राहदानी खरिद तथा छपाइ प्रक्रियासँग सम्बन्धित भ्रष्टाचारजन्य कसुरबारे परेको उजुरीमाथि अनुसन्धान गरिरहेको जनाएको छ। तामेल गरिएको सूचनामा आरजु राणालाई असार २ गतेदेखि तीन दिनभित्र टंगालस्थित आयोगको मुख्यालयको तोकिएको कक्षमा उपस्थित भएर बयान दिन भनिएको छ। आयोगले उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ।

यता राणा हाल उपचारका लागि विदेशमा रहेको जनाउँदै तोकिएको अवधिमा उपस्थित हुन नसक्ने जानकारी इमेलमार्फत आयोगलाई गराएकी छन्। अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्वास्थ्य उपचारका कारण तत्काल नेपाल फर्कन कठिन भएको व्यहोरा आयोगलाई पठाएको स्रोतले जनाएको छ।

mulpatra mulpatra mulpatra