प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउन सभामुखको आनाकानी
काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउने विषयमा आनाकानी गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीअनुसार असार महिनामा प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कहिले हुन्छ टुंगो लागेको छैन । यो टुंगो लगाउने जिम्मेवारी सभामुख अर्यालको हो । नियमावलीको परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।
जसको उपनियम १ मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’
![]() |
![]() |
![]() |
|---|
यसअनुसार सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने दिन तोकेका छैनन् । पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्न कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण गर्नुपर्ने व्यवस्था छ ।
तर, यसमा सभामुखको ध्यान गएको छैन । जेठ महिनामा पनि प्रतिनिधिसभा नियमावली अनुसार संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन सकेको थिएन ।
तथापि, १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्न लिएर जवाफ दिएका थिए । त्यसदिन प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्तिमा विपक्षीहरू आपत्ति जनाएर प्रधानमन्त्री बालेनबाटै जवाफ खोजिरहेका छन् ।
Image Source: © https://mulpatra.com
यस्तो अवस्थामा पनि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने वा नहुने टुंगो लाग्न नसकेको हो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



