दुर्गा प्रसाईलाई नेपाल प्रहरीको जिम्मा लाउँदै आसाम प्रहरी

दुर्गा प्रसाईलाई नेपाल प्रहरीको जिम्मा लाउँदै आसाम प्रहरी
  • २८ चैत्र २०८१, शुक्रबार ०८:४४

काठमाडौं । भारतको आसाम स्थित प्रहरीकहाँ पुगेर पक्राउ दिएका दुर्गा प्रसाईलाई केही बेरमा नेपालको काकरभिट्टा प्रहरीलाई बुझाइने भएको छ । उनलाई मानवअधिकार कर्मीको रोहबरमा नेपाल प्रहरीलाई बुझाइने भएको छ । अहिले काकरभिट्टामा मानवअधिकार कर्मी, सन्चारकर्मीहरु भेला भइरहेको पारिवारिक श्रोतले जनाएको छ ।

mulpatra


चैत्र १५ को राजावादी आन्दोलनमा आफ्नो ज्यान सुरक्षाका लागि भुमिगत भएका दुर्गा प्रसाईले आफ्नो ज्यान सुरक्षाका लागि भारत स्थित आसाम प्रहरीकहाँ पुगेर पक्राउ दिएका थिए । नेपाल प्रहरीको गोली लागि २० जना भन्दा बढी घाइते भएको चैत्र १५ को घटना पछि दुर्गा प्रसाई भुमिगत भएका थिए ।


यता नेपाल प्रहरीले भने राती विज्ञप्ती निकालेर दुर्गा प्रसाई पक्राउ नपरेको जनाएको थियो । दुई दिन अघि आफ्नो ज्यानको सुरक्षा भए २४ घण्टामा प्रहरी समक्ष उपस्थित हुन्छु भनेर प्रसाईले अज्ञात स्थलबाट भिडियो सन्देश जारी गरेका थिए ।

mulpatra mulpatra mulpatra