दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो, जनताको सहयोग आवश्यक छ
काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले आफू नआत्तिएको बताएका छन् ।

पक्राउ परेपछि भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँद उनले आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताए ।
उनले आफूलाई प्रहरीले पक्राउ गरेको नभई आफैँ गिरफ्तारी दिएको पनि दाबी गरे । ‘म आत्तिएको छैन । यो तस्करविरुद्धको लडाइँ हो । अर्को कुरा मैले आफैँ पक्राउ देको है फेरि….’, उनले भने।
![]() |
![]() |
![]() |
|---|
भारतबाट पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार काठमाडौँ ल्याएको छ । यद्यपि प्रहरीले उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् ।
उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।
Image Source: © https://mulpatra.com
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् ।
उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । तर उनले आफनो सुरक्षाका लागि पक्राउ दिएको दाबी गरेका छन् ।



