Close

Recent Posts

आदित्यनाथबारे देउवाले किन खण्डन गरे ?

आदित्यनाथबारे देउवाले किन खण्डन गरे ?
  • २९ चैत्र २०८१, शनिबार १४:२७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गरेको भन्ने भनाइको खण्डन गरेका छन् । 

mulpatra

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तर प्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताएको भनेको भन्दै उक्त भनाइको खण्डन गरेका हुन् । 

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दूतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताएका थिए । 

mulpatra mulpatra mulpatra

सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दूतावास नआएको र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताएको उनले उल्लेख गरे । 

“अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोलेँ । उहाँ दिल्लीको दूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो,” देउवाले भने, “हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो । उहाँ दूतावासमा आउनुभएको होइन । यो म खण्डन गर्न चाहन्छु ।” –न्युज एजेन्सी नेपाल