Close

Recent Posts

टोखाबाट बरामद २५ करोड विदेशी मुद्रा प्रकरणमा दुई विरुद्ध मुद्दा

टोखाबाट बरामद २५ करोड विदेशी मुद्रा प्रकरणमा दुई विरुद्ध मुद्दा
  • २ बैशाख २०८२, मंगलवार १९:२३

काठमाडौं । टोखाबाट बरामद २५ करोडभन्दा बढी मूल्य बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक कुसाङ लामा ‘फुच्चे’ र भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

mulpatra

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय ऐन–२०१९ अन्तर्गत उनीहरूलाई प्रतिवादी बनाउँदै २५ करोड ३४ लाख ७८ हजार बिगो मागदाबी गरेको छ। साथै, बरामद रकम जफत गर्न माग गरिएको छ।

चैत ४ मा राति टोखास्थित झोर महांकालबाट ट्रकमार्फत लैजाँदै गरेको रकम बरामद गरिएको थियो। अनुसन्धानबाट उक्त रकम फरार व्यापारी नारायण पौडेलको भएको खुलेको छ। पौडेलमाथि विगतमा खासा व्यापार र पछिल्लोपटक सुन तस्करीमा संलग्न रहेको आरोप छ।

प्रहरीका अनुसार, उक्त रकम चीनको केरुङ नाका हुँदै सुन खरिदका लागि लगिँदै थियो।