६ जना अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस

६ जना अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस
  • ४ बैशाख २०८२, बिहीबार १९:२६

काठमाडौं । गृह मन्त्रालयको बढुवा सिफारीस समितिले नेपाल प्रहरीका प्रहरि नायब महानिरीक्षक लाई अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारीस गरेको छ । समितिले अतिरिक्त महानिरीषक पदमा ६ जनालाई सिफारीस गरेको छ ।

सिफारीस् भएकाहरुमा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसी रहेको छन् ।


प्रहरी महानिरीक्षक बसन्त कुँवर अवकाशमा गएपछि एआईजी दीपक थापा महानिरीक्षकमा बढुवा भएका थिए । कुँवरसहित सँगै सेवा प्रवेश गरेका अधिकृतहरु पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएपछि प्रहरीमा ६ एआईजी पद रिक्त थियो ।