Close

Recent Posts

पाथिभरामा विपदः विद्युत प्राधिकरणको तार खस्दा ४ जनाको गयो ज्यान

पाथिभरामा विपदः विद्युत प्राधिकरणको तार खस्दा ४ जनाको गयो ज्यान
  • ८ बैशाख २०८२, सोमबार ०८:२७

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो सवारीमा अचानक करेन्ट लागेर भएको आगलागीमा परी चालकसहित चार जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

mulpatra

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलका अनुसार मे १ ज ३०११ नम्बरको बोलेरो फुङलिङ नगरपालिका–१० को तेर्से भन्ने स्थानमा पुग्दा सडकमा झुन्डिएको हाइटेन्सन लाइनको तार सवारीमाथि खस्दा गाडीमा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

मृतकहरूमा ललितपुर महानगरपालिका–१० बस्ने १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुबा झापा भद्रपुर–१५ का ७० वर्षीय बिनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल, र गाडी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बुका ४५ वर्षीय दुर्गा भट्टराई रहेका छन्।

mulpatra mulpatra mulpatra

सवारीमा सवार आध्याकी आमा सविना आचार्य (४५) र उनका १० वर्षीय छोरा अभियम आचार्य घाइते भएका छन्। उनीहरूलाई तत्काल ताप्लेजुङ जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। सविनाको शरीरको ठूलो भाग जलेको हुँदा उनलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि रेफर गर्ने तयारी भइरहेको छ।

प्राप्त जानकारी अनुसार सविना आचार्य आफ्ना श्रीमान् निरज आचार्यलाई ललितपुरमै छोडेर छोराछोरी र माइतीका आमाबुबासहित पाथीभरा मन्दिर दर्शनका लागि ताप्लेजुङ आएकी थिइन्।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। पाथीभरा क्षेत्र पर्यटकीय र धार्मिक दृष्टिले अति महत्त्वपूर्ण गन्तव्य भए पनि सडकमा झुन्डिएका विद्युत् तारहरू सुरक्षाको दृष्टिले चुनौतीपूर्ण बन्दै आएका छन्।

Image Source: © https://mulpatra.com