सांसद रघुजी पन्तको प्रस्ताव : समितिको बैठकमा पत्रकारको प्रवेश सीमित गरिनुपर्छ

सांसद रघुजी पन्तको प्रस्ताव : समितिको बैठकमा पत्रकारको प्रवेश सीमित गरिनुपर्छ
  • ८ बैशाख २०८२, सोमबार १८:१५

काठमाडौ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभा अन्तर्गतका समितिका बैठकमा पत्रकारहरूको प्रवेश सीमित गर्नुपर्ने धारणा राखेका छन्। संघीय निजामती सेवा विधेयकमाथि उपसमितिको प्रतिवेदनमाथि सिंहदरबारमा भएको छलफलमा बोल्दै उनले पत्रकारका कारण मिथ्या सूचना फैलिने भन्दै गोप्य छलफलमा बाधा पुग्ने तर्क गरेका हुन्।

mulpatra

पन्तले दक्षिण एसिया लगायत अन्य देशमा समितिका बैठक खुला नरहेको उदाहरण दिँदै नेपालमा पनि फाइनल प्रतिवेदनमात्रै सार्वजनिक गर्नुपर्ने बताए। उनले पत्रकारको अनियन्त्रित पहुँचले सरकारी कर्मचारीहरू खुलेर कुरा राख्न नसक्ने अवस्था सिर्जना भएको भन्दै आलोचना गरे।

हाल संघीय निजामती सेवा सम्बन्धी विधेयकमा गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई पेन्सन नदिनेसम्बन्धी सरकारी प्रस्ताव उपसमितिबाट हटाइएको छ। उक्त व्यवस्था हटाइएपछि पत्रकारमार्फत प्रतिवेदन बाहिरिएपछि सांसद पन्तले असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले आफू विगतमा पत्रकार महासंघको महासचिवसमेत भइसकेको उल्लेख गर्दै पत्रकारको जिम्मेवारी र सीमाको पुनरावलोकन आवश्यक रहेको बताए।