Close

Recent Posts

प्रधानमन्त्री ओलीको सुझावपछि कक्षा १२ को परीक्षा सारिने सम्भावना

प्रधानमन्त्री ओलीको सुझावपछि कक्षा १२ को परीक्षा सारिने सम्भावना
  • ९ बैशाख २०८२, मंगलवार २०:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न सकिनेबारे विचार गर्न आग्रह गरेपछि राष्ट्रिय परीक्षा बोर्ड  परीक्षा सार्ने तयारीमा जुटेको छ।

mulpatra

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफलमा परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा र शिक्षा सचिव डा. दीपक काफ्ले सहभागी थिए। छलफलको क्रममा प्रधानमन्त्री ओलीले हालको परिस्थितिलाई गम्भीर रुपमा लिनु पर्ने भन्दै, परीक्षा केही दिन पछाडि सार्ने सम्भावनाबारे निर्णय गर्न आग्रह गरेका थिए।

यसअघि परीक्षा बोर्डले वैशाख ११ गतेबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको थियो। सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा सञ्चालन गर्ने निर्णयमा बोर्ड अघि बढेको थियो। तर, पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिका कारण प्रधानमन्त्रीको सुझावपछि फेरि समीक्षा गरिएको छ।

परीक्षा बोर्डले चाँडै नै बैठक बस्ने र औपचारिक सूचना सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।