Close

Recent Posts

प्रसाई–धवलको नयाँ पार्टीको चर्चा: तनावमा राप्रपा, प्रसाईको क्रिजमा फर्किन्छ हिन्दुराष्ट्र?

सरकार,राश्वपा र राप्रपाको चनौतीनै प्रसाई

प्रसाई–धवलको नयाँ पार्टीको चर्चा: तनावमा राप्रपा, प्रसाईको क्रिजमा फर्किन्छ हिन्दुराष्ट्र?सरकार,राश्वपा र राप्रपाको चनौतीनै प्रसाई
  • १ असार २०८३, सोमबार १२:२९

काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई र राप्रपाका पूर्व वरिष्ठ नेता धवलशम्शेर राणा बीच नयाँ राष्ट्रवादी राजनीतिक दल गठनका लागि ११ बुँदे सहमति गत साता भएको थियो ।

mulpatra

दुवै नेताले राष्ट्रवादी, राजावादी र हिन्दुवादी शक्तिलाई एकताबद्ध गर्ने उद्देश्यसहित नयाँ दल निर्माणको घोषणा गरेका छन् । नेपालको हिन्दुराष्ट्र र राजसंस्था समर्थक राजनीतिमा नयाँ तरंग पैदा भएको छ । भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भने पार्टी जोगाउन चुनौती थपिएको छ ।

हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डाको प्रमुख राजनीतिक वाहक राप्रपा भए पनि, दुर्गा प्रसाईको जनस्तरमा रहेको प्रभाव र धवलशम्शेर राणाको राजनीतिक अनुभव एक ठाउँमा आउँदा राप्रपाको परम्परागत मताधार विभाजित हुन सक्ने आकलन गरिएको छ ।

mulpatra mulpatra mulpatra

प्रसाईले सडक आन्दोलन, राजसंस्था पुनस्र्थापना र हिन्दुराष्ट्रको पक्षमा आक्रामक अभियान चलाउँदै आएका छन् । पछिल्लो समय उनको सक्रियताले हिन्दुवादी तथा राजावादी वृत्तमा नयाँ ऊर्जा थपेको देखिन्छ । यही कारणले कतिपय राजनीतिक विश्लेषकहरूले ‘प्रसाई फेरि राजनीतिक क्रिजमा हिन्दुराष्ट्र फर्किन्छ’ भन्नेमा हिन्दुहरुमा आस पलाएको छ ।

नयाँ पार्टीले कति प्रभाव पार्छ भन्ने कुरा संगठन विस्तार, नेतृत्व व्यवस्थापन र आगामी चुनावी रणनीतिमा निर्भर हुनेछ । तर अहिलेको अवस्थाले हिन्दुराष्ट्रको मुद्दा फेरि राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा आउन सक्ने संकेत भने दिएको छ ।

विशेषगरी राप्रपाभित्र दबाब र तनाव बढाएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ । राजनीतिक वृत्तमा प्रसाईको बढ्दो सक्रियतासँगै राप्रपाका केही नेता–कार्यकर्ता समेत नयाँ समीकरणप्रति आकर्षित हुन थालेको चर्चा छ । यसले राप्रपाको परम्परागत आधार क्षेत्रमा दबाब सिर्जना गरेको विश्लेषण भइरहेको छ ।

Image Source: © https://mulpatra.com

यद्यपि हिन्दुराष्ट्रको मुद्दा केवल एउटा पार्टीको एजेन्डामा सीमित नभई व्यापक राजनीतिक र सामाजिक बहसको विषय बनेको छ । प्रसाई–राणा समीकरणले यो मुद्दालाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याउन सफल भएमा हिन्दुराष्ट्र पक्षधर राजनीति नयाँ चरणमा प्रवेश गर्न सक्ने देखिन्छ ।

अब प्रश्न यो छ—के प्रसाईको नेतृत्वमा हिन्दुराष्ट्रको अभियानले नयाँ गति लिन्छ, वा ाजनीतिक आधार जोगाउँदै पुनः नेतृत्वदायी भूमिका कायम राख्छ ? आगामी राजनीतिक घटनाक्रमले यसको उत्तर दिनेछ ।

लामो समयदेखि हिन्दुराष्ट्रको एजेन्डाको प्रमुख राजनीतिक वाहक बनेको राप्रपामाथि अहिले नयाँ चुनौती देखिन थालेको छ । सडक आन्दोलनमार्फत हिन्दुराष्ट्र, राजसंस्था पुनस्र्थापना र राष्ट्रियताको मुद्दा उठाउँदै आएका प्रसाईले पछिल्लो समय पुनः राजनीतिक सक्रियता बढाएका छन् ।

धवलशम्शेर राणासँगको सहकार्यले हिन्दुवादी तथा राजावादी मतलाई नयाँ ढंगले संगठित गर्ने प्रयासका रूपमा हेरिएको छ । उता एमालेका लागि विगतमा सबैभन्दा चुनौती बनेका प्रसाई अहिले राश्वपा र राप्रपाविरुद्ध बोल्ने जनआवाज बनेका छन् । प्रधानमन्त्री बालेन शाह सरकारका लागि पनि चुनौती रुपमा प्रसाई देखिएका छन् । भने रुचीमा समेत परेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com