Close

Recent Posts

बैशाख २१ बाट हुने भयो कक्षा १२ को परिक्षा

बैशाख २१ बाट हुने भयो कक्षा १२ को परिक्षा
  • ९ बैशाख २०८२, मंगलवार २१:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न सकिनेबारे विचार गर्न आग्रह गरेपछि राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने भएको छ । पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ ।

mulpatra

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफलमा परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा र शिक्षा सचिव डा. दीपक काफ्ले सहभागी थिए। छलफलको क्रममा प्रधानमन्त्री ओलीले हालको परिस्थितिलाई गम्भीर रुपमा लिनु पर्ने भन्दै, परीक्षा केही दिन पछाडि सार्ने सम्भावनाबारे निर्णय गर्न आग्रह गरेका थिए।

यसअघि परीक्षा बोर्डले वैशाख ११ गतेबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको थियो। सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा सञ्चालन गर्ने निर्णयमा बोर्ड अघि बढेको थियो। तर, पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिका कारण प्रधानमन्त्रीको सुझावपछि फेरि समीक्षा गरिएको छ।

mulpatra mulpatra mulpatra