Close

Recent Posts

जम्मु–कश्मीरको पहलगाममा आक्रमण : २६ पर्यटकको मृत्यु

जम्मु–कश्मीरको पहलगाममा आक्रमण : २६ पर्यटकको मृत्यु
  • ९ बैशाख २०८२, मंगलवार २३:०६

जम्मु–कश्मीरको पहलगामस्थित बैसारन क्षेत्रमा अज्ञात बन्दूकधारीले पर्यटकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा २६ जनाको ज्यान गएको छ। घटनापछि सुरक्षाकर्मीहरू तत्काल घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार पर्यटकहरूको प्रिय स्थल बैसारनमा सम्भावित आतङ्कवादी आक्रमण भएको आशंका गरिएको छ।

mulpatra

घटना दिउँसो करिब ३ बजे भएको हो। स्थानीय अधिकारीका अनुसार बैसारन भ्यालीको पहाडबाट आएको समूहले पर्यटकमाथि अचानक गोली चलाएको थियो। हरियाली र सुन्दरता भएकाले ‘मिनी स्वीट्जरल्याण्ड’ भनिने यो स्थान पर्यटकहरूबीच लोकप्रिय गन्तव्य हो।

घाइतेहरूको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ। केही घाइतेहरूलाई स्थानीय बासिन्दाहरूले घोडामार्फत तल झारेर अस्पताल पुर्‍याएका छन्।

mulpatra mulpatra mulpatra

घटनाका बेला कश्मीरमा वर्षौँको द्वन्द्वपछि पर्यटकको चहलपहल बढ्दै गएको थियो। त्यसमाथि आगामी जुलाई ३ बाट सुरु हुने ३८ दिन लामो अमरनाथ यात्राको तयारी भइरहेका बेला यो हमला भएको हो।

सुरक्षाकर्मीहरू अहिले पनि घटनास्थलमा सर्च अपरेसनमा खटिएका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

Image Source: © https://mulpatra.com