Close

Recent Posts

प्रधानमन्त्रीकाे तत्काल भारत भ्रमण सम्भव छैन: परराष्ट्रमन्त्री

प्रधानमन्त्रीकाे तत्काल भारत भ्रमण सम्भव छैन: परराष्ट्रमन्त्री
  • १२ बैशाख २०८२, शुक्रबार १४:०५

काठमाडौं– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा हल्ला मात्र रहेको बताएकी छन् । शुक्रबार थाइल्यान्डबाट स्वदेश फर्केकी मन्त्री आरजुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सरकार परिवर्तनका कुरा मनोरञ्जनका लागि गरिएको टिप्पणी गरिन् ।

mulpatra

उनले भनिन्, ‘मैले पनि समाचारहरू पढे छक्क परे, यी समाचारहरू आउँदा हिजो प्रधानमन्त्री केपी शर्मा अ‍ोली र सभापति शेरबहादुर देउवाको बिचमा यो विषयमा कुराकानी भएको हो, हल्ला भएको जस्तो केही पनि होइन ।’

उनले अगाडि भनिन्, ‘सरकार परिवर्तन गर्न नेपालभित्रै बसेर गर्नुपर्ने होला, विदेशमा गएर यहाँको सरकार परिवर्तन हुँदैन ।’

mulpatra mulpatra mulpatra

थाइल्यान्डमा कुनै पनि दुई पक्षीय भेटघाट नभएको बताउँदै उनले सभापति देउवाको व्यक्तिगत भ्रमण तथा उपचारका लागि गएका र आफू कार्यक्रमका लागि त्यहाँ गएको बताइन् । त्यसअघि बिमस्टेक बैठकमा गएका बेला दुई पक्षीय भेटघाट भएको तर यो भ्रमणमा केही पनि नभएको उनले बताइन् ।