विश्वकपमा आजदेखि महाभिडन्त, यी टिमबीच हुँदै खेल

विश्वकपमा आजदेखि महाभिडन्त, यी टिमबीच हुँदै खेल
  • १४ असार २०८३, आईतवार १४:३९

काठमाडौं– अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणका खेलहरु आज राती देखि सुरु हुँदैछ ।

mulpatra

समूह चरणका ७२ खेलपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लागिसकेको छ र अब नकआउट चरणको खेलहरु हुनेछ । अहिलेसम्मकै ठुलो विश्वकपमा ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यसबाट ३२ टोली अगाडि बढ्दा १६ टोली समूह चरणबाटै बाहिरिए ।

नकआउट चरणमा यसै संस्करणबाट थप भएको राउण्ड अफ ३२ चरणको खेलहरु सुरुमा हुनेछन् । राउण्ड अफ ३२ को पहिलो खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।

mulpatra mulpatra mulpatra

दुवै टोलीले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएका हुन् । दुवै टोली आफ्नो समूहमा उपविजेता बनेका थिए ।

विश्वकपमा पहिलो पटक नआउट चरण खेल्न लागेका यी दुई टोली पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका हुन् भने समग्रमा यो दोस्रो भेट हुनेछ ।

सन् २००७ मा डर्बानमा भएको मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकाले क्यानडलाई २–० ले पराजित गरेको थियो ।

Image Source: © https://mulpatra.com

बफाना बफाना उपनामले चिनिने दक्षिण अफ्रिका समूह ए को उपविजेताको रुपमा नकआउट चरण पुगेको हो भने क्यानडा समूह बी को उपविजेताको रुपमा समूह चरणबाट अघि बढेको हो ।

यसै विश्वकपबाट थपिएको नयाँ राउण्ड राउण्ड अफ ३२ मा दुई नयाँ टोली दक्षिण अफ्रिका र क्यानडा इतिहास रच्दै पहिलो पटक पुगेका छन् र अब प्रिक्वाटरफाइनल पुग्दै अर्को इतिहास रच्ने लक्ष्यमा छन् ।

यो खेल नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे सुरु हुनेछ । यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा हुनेछ ।

यस खेलको विजेता नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलको विजेतासँग अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड अफ ३२ को समीकरण

नकआउट चरणमा सुरुमा राउण्ड अफ ३२ का खेलहरु हुनेछन् । जसमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् भने पराजित हुने टोली बाहिरिनेछ । नकआउट चरणमा पराजित टोली बाहिरिने हुँदा हरेक खेल फाइनल जस्तै हुनेछ ।

राउण्ड अफ ३२
असार १५ गते (जुन २९)
दक्षिण अफ्रिका भर्सेस क्यानडा, विहान १२ः४५ बजे
ब्राजिल भर्सेस जापान, राति २२ः४५ बजे

असार १६ गते (जून ३०)
जर्मनी भर्सेस पाराग्वे, विहान २ः१५ बजे
नेदरल्यान्ड्स भर्सेस मोरक्को, विहान ६ः४५ बजे
आइभरी कोस्ट भर्सेस नर्वे, राती २२ः४५ बजे

असार १७ गते (जुलाई १)
फ्रान्स भर्सेस स्वीडेन, विहान २ः४५ बजे
मेक्सिको भर्सेस इक्वेडर, विहान ६ः४५ बजे

इंग्ल्यान्ड भर्सेस डीआर कंगो, राती २१ः४५ बजे

असार १८ गते (जुलाई २)
बेल्जिया भसेस सेनेगेल, विहान १ः४५ बजे
अमेरिका भर्सेस बोस्निया एण्ड अर्जगोभिना, विहान ५ः४५ बजे

असार १९ गते (जुलाई ३)
स्पेन भर्सेस अस्ट्रिया, विहान १२ः४५ बजे
पोर्चुगल भर्सेस क्रोएसिया, विहान ४ः४५ बजे
स्वीट्जरल्यान्ड भर्सस अल्जेरिया, विहान ८ः४५ बजे
अस्ट्रेलिया भर्सेस इजिप्ट, राती ११ः४५ बजे

असार २० गते (जुलाई ४)
अर्जेन्टिना भर्सेस केप भर्डे, विहान ३ः४५ बजे
कोलम्बिया भर्सेस घाना, विहान ७ः१५ बजे

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com