Close

Recent Posts

आन्दोलनरत शिक्षक चढेको गाडी दुर्घटना १६ जना घाइते

आन्दोलनरत शिक्षक चढेको गाडी दुर्घटना १६ जना घाइते
  • १३ बैशाख २०८२, शनिबार १०:४७

काठमाडौं । विगत २२ दिन देखि काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर फकिएका शिक्षकहरु चढेको बस झापाको दुधे नजिक दुर्घटना भएको छ । दुर्घटनामा १६ जना शिक्षकहरु घाइते भएको दुर्घटनामा परि सामान्य रहेका शिक्षक लिला प्रसाद भण्डारीले जानकारी दिए ।
काठमाडौंमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रिबस आज बिहान साढे ५ बजे दुघटना भएको हो । दुर्घटनामा घाइते भएका शिक्षकहरुको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको भण्डारीले बताए ।
घाइतेहरु मध्ये बिर्ता सिटीमा उपचाररत लिला प्रसाद भण्डारी, सिताराम रिमाल, पदम पौडेल, कमला मगर, शान्ति राई, मीन बहादुर पौडेल, सन्तोष आचार्य, सिर्जना प्रसाई र
बी एण्ड सीमा उपचाररत टेकचन्द्र फुएल, गोपाल खतिवडा, टिकेन्द्र ढकाल, लोकनाथ ढकाल, पूर्ण बहादुर योगी, अनिल बिक, शान्ति प्रसाद उप्रेती, सिताराम अधिकारी रहेका छन् ।
घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्रहरीले गराएको छ ।

mulpatra