प्रहरी हिरासतबाट आफनो जन्म दिनको अवसरमा देशका लागि निरन्तर लड्ने प्रसाईको सन्देश
काठमाडौं– राजसंस्था र सनातन हिन्दुराज्य स्थापनाको माग राख्दै नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले आन्दोलनरत छन् । उनै प्रसाईको आज जन्म दिन परेको छ । प्रसाई जन्म दिनको अवसरमा आगामी दिनमा नयाँ ढंगले आन्दोलनको नेतृत्व गर्ने प्रहरी हिरासतबाट घोषणा गरेका छन् ।

प्रसाईले आफुलाई भेट्न गएका शुभचिन्कतलाई नडराउन र महाअभियानका कार्यक्रम जतिसक्दो अघि बढाउन आग्रह गरेका छन् । आफु हिरासतमा भएका बेला विपक्ष र आफना विरोध नचाहिँदो प्रचार गरिरहेका छन् । त्यस्तो नचाहिँदो प्रचारबाट हत्तोसाहित नहुन र पछि नहट्न समेत उनले अपिल गरेका छन् ।
प्रसाईले आफनो जन्म दिनमा सबैलाई देश र जनताका लागि लडाई नरोक्ने र आफुले देश र जनताका लड्न आफु जहिले तयार रहेको समेत उदघोष गरेका छन् । तीन वर्षअघि हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्यलगायत एजेण्डा राखेर प्रसाईले देशव्यापी आन्दोलन सुरु गरेका थिए ।
प्रसाईले गत फागुनमा झापाको काँकडभिट्टामा पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यहरुलाई राखेर नागरिक बचाउ महाअभियान समेत सञ्चालन गरेका थिए । उनको यो महाअभियानमा अहिले ७७ जिल्लाका नागरिक जोडिने क्रम जारी छ ।
उनले पूर्वको झापाबाट सुरु गरेको आन्दोलन हाल देश व्यापी बन्दै गयो । मानिसहरू उनको महाअभियानमा जोडिने क्रम बढ्दै गयो ।
आमनेपाली नागरिक दुर्गा प्रसाईको समर्थनका लागि वा दुर्गा प्रसाईका एजेण्डा स्वीकार्न थालेपछि उनलाई सिध्याउन राप्रपासहितका सबै राजनीतिक दल लागि परेका छन् ।
हाल प्रसाई गत चैत १५ को घटनापछि प्रहरी हिरासतमा छन् । उक्त घटनामा प्रहरीले उनलाई अनुसन्धान गरिरहेको छ । सरकारले आफुमाथि अन्य गरेको प्रसाईले आरोप लगाइरहेका छन् ।
