प्रसाईलाई २ बजे म्याद थप्न काठमाडौं जिल्ला ल्याइदै

प्रसाईलाई २ बजे म्याद थप्न काठमाडौं जिल्ला ल्याइदै
  • २१ बैशाख २०८२, आईतवार १२:२३

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइदैँ छ । प्रसाईलाई तेस्रो पटक म्याद थप्न अदालतमा उपत्यका प्रहरीले ल्याउँदै छ । प्रहरीले प्रसाई २ बजे अदालतमा ल्याउँदै छ । उनलाई अघिल्लो पटक १२ दिनका म्यान थपिएको थियो ।

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शम्शेर जबरालाई धरौटी जमानीमा रिहा भए पनि एकैदिन पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित अन्य नेता र कार्यकर्ताहरू अझै हिरासतमा छन्।
अहिले प्रसाई लगायतका केही व्यक्तिलाई जसरी भएपनि मुद्दा लगाउन सरकार लागि परेको छ ।