‘ब्ल्याक मेलिङ’का लागि एयरपोर्टमा श्रम कक्ष, संघमा छलफल नगरी अध्यक्ष गुरुङको सहमति

एयरपोर्टमा श्रम कक्ष २ पटक असफल भएपछि हटाइयो (भिडियो पनि)

‘ब्ल्याक मेलिङ’का लागि एयरपोर्टमा श्रम कक्ष, संघमा छलफल नगरी अध्यक्ष गुरुङको सहमतिएयरपोर्टमा श्रम कक्ष २ पटक असफल भएपछि हटाइयो (भिडियो पनि)
  • १२ बैशाख २०८३, शनिबार ०९:४३

काठमाडौं– यही साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम सहायता कक्ष स्थापना गरेको छ ।

mulpatra

एयरपोर्टमा राखिएको डेस्कलाई श्रम सहायता कक्षको नाम दिइएपनि व्यवसायी र कामदारहरूले यसलाई ‘चेकिङ डेस्क’को नाम दिएका छन् । म्यानपावर व्यवसायीले भने यसलाई एउटा विकृति भनेका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि उक्त कक्षले भिसा, टिकट, शुल्क र कानुनी प्रक्रियासम्बन्धी जानकारी लिने बताइपनि श्रम सहायता कक्ष सूचना लिएर म्यानपावर व्यवसायीसँगै ब्ल्याक मेलिङ गर्ने ठाँउ बनाएको समेत उनीहरुको आरोप छ ।

mulpatra mulpatra mulpatra

एयरपोर्टमा राखिएको डेस्कलाई श्रम सहायता कक्ष स्थापनाका लागि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले समेत सहमति दिएको पाइयो ।

उनले संघमा छलफल नै नगरी श्रम मन्त्रालय एक्लै गएर सहमति दिएपछि श्रम सहायता कक्ष खोलिएको श्रम मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । ती कर्मचारीका अनुसार श्रम सहायता कक्ष सञ्चालनको छलफलमा संघका अध्यक्ष एक्लै आउनु भएको थियो । उहाँले मैले भनेपछि केही समस्या आउँदैन भनेर सहमति दिएपनि श्रम सहायता कक्ष सञ्चालनमा ल्याइएको उनले बताए ।

‘संघका अध्यक्ष गुरुङले श्रम सहायता कक्षमार्फत तथ्यांक लिएपछि म्यानपावरलाई कारवाही गर्ने सजिलो हुने र त्यसमा आफनो पनि पुर्ण सहयोग हुने आश्वासन समेत दिनुभयो । उहाँले केही म्यानपावरको बारेमा सूचना दिने समेत जानकारी गराए ।’ उनले भने ।

Image Source: © https://mulpatra.com

गुरुङले संघका पदाधिकारीलाई थाहा नै नदिइ श्रम सहायता कक्ष सञ्चालनमा सहमति दिएपछि अहिले उनको व्यवसायीबीचमै विरोध भइरहेको छ । श्रम सहायता कक्ष सञ्चालन भएपछि संघका अध्यक्ष गुरुङले अहिलेसम्म विरोध र केही प्रतिक्रिया दिएका छैन । यस विषयमा सोध्न फोन गर्दा उनी सम्पर्क आएनन् ।

विगतमा खोलिएको यस्तै श्रम डेस्कले कामदारबाट सूचला सकंलन गरी श्रम मन्त्रालय र विभागका कर्मचारीले म्यानपावरसँग पैसा उठाउने मात्र काम गरेका थिए । अहिले पनि यसैका लागि हटाइएको श्रम डेस्क स्थापना गरेको एक म्यानपावर व्यवसायीले जानकारी दिए ।

वैदेशिक रोजगार विभागले गत सोमबार जारी गरेको सूचनाअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, इराक र लेबनानका लागि स्थगन गरिएको नयाँ श्रम स्वीकृति खुला गरिएको छ ।

यो खुल्न साथ एयरपोर्टमा श्रम कक्ष सञ्चालनमा आउनुको कारण फरक रहेको व्यवसायीले गुनासो गरिरहेका छन् । तर श्रम मन्त्रालयले एयरपोर्टमा श्रम कक्ष वैदेशिक रोजगारीमा जाने कामदारको तथ्यांक सूचना लिन मात्र राखिएको दाबी गदै आएको छ ।

इजरायल–अमेरिका र इरानबीच चलेको द्वन्द्वका कारण डेढ महिनाभन्दा बढी समययता बन्द भएको खाडीको रोजगारी खुलेको छ । सरकारले खाडी क्षेत्रसहित पश्चिम एसियाका १२ वटा मुलुकमा सबै प्रकारका श्रम स्वीकृति गत सोमबारदेखि खुला गरेको हो । यो आफुले श्रम र परराष्ट्रका कर्मचारीलाई घुस खुवाएर खुलाएको भन्दै गुरुङले व्यवसायीमा भ्रम फैलाउँदै पैसा समेत उठाउन थालेको म्यानपावर व्यवसायीहरुनै बताउँछन् ।

भिडियो पनि हेरौं

एयरपोर्टमा श्रम कक्ष २ पटक असफल भएपछि हटाइयो

२०७३ सालमा समेत श्रम मन्त्रालयमा वैदेशिक रोजगार ठगी नियन्त्रण तथा उद्धार सहायता कक्ष स्थापना गरिएको थियो ।

तत्कालिन श्रममन्त्री फरमुल्लाह मन्सुरले श्रम कक्षमा आएका उजुरीलाई वैदेशिक रोजगार विभाग र नेपाली दूतावासमार्फत कार्यान्वयन भन्दै खोलेको थिए । त्यतिबेला समेत श्रम मन्त्रालय र विभागका कर्मचारीले पैसा उठाउने माध्यम बनाएपछि बन्द गरिएको थियो ।

यसलाई २०७४ सालमा हटाएपछि सामान्य सञ्चालन भइरहेको थियो । यसमा विषेश केही स्वार्थ बोकेको एनजिओले सञ्चालन गरेका थिए ।

२०७८ सालमा तत्कालिन श्रममन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने कामदारमाथि विभेद भयो भन्दै एयरपोर्टमा श्रम कक्ष हटाउन लगाएका थिए । एयरपोर्टमा श्रम कक्ष अहिले किन ल्याइयो यस विषयमा तथ्यांक संकलन मात्र भनिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com