थापाथली पछि सिनामंगलमा चल्यो डोजर, सुकुम्बासी सामान स्याहार्न व्यस्त
काठमाडौंँ । बाग्मती नदी किनारको थापाथली सुकुम्बासीमा डोजर चलाएपछि आजै सिनामंगल स्थित गैह््रीगाउँको सुकुम्बासीमा समेत डोजर चलेको छ ।
थापाथलीको सबै टहरा भत्काएर डोजरहरुले सिनामंगलको सुकुम्बासी बस्तीका संरचना भत्काउन सुरू गरेका छन्।

शनिबार बिहान देखि भत्काउन सुरु गरिएको थापाथलीको सुकुम्बासी बस्ती खाली भएको छ । यता मध्याह्नदेखि सिनामंगलको सुकुम्बासी बस्तीका संरचना भत्काउन डोजर परिचालन गरिएको छ।
भत्काइने संरचनामा सामान हटाउन थापाथली झै प्रहरीले यहाँ पनि सहयोग गरिरहेको छ । यहाँ ठुलठुला घरहरु समेत महानगरपालिकाबाट २ वटा र सडक विभागबाट ४ वटा गरी ६ वटा डोजर तथा स्काभेटर प्रयोग भइरहेका छन् ।
![]() |
![]() |
![]() |
|---|



