थापाथली सुकुम्बासी वस्तीमा चल्यो डोजर, छैन कुनै अवरोध
काठमाडौं । थापाथलीमा रहेको सुकुमवासी बस्तीमा डोजर लगाएर संरचना भत्काउन थालिएको छ । प्रहरीको बाक्लो उपस्थितिमा बाग्मती नदी किनारको थापाथली सुकुम्बासी वस्तीमा बिहानै देखि अतिक्रमण गरेर बनाइएका संरचनाहरू खाली गराउन थालिएको छ ।

विगतमा अतिक्रमण हटाउने प्रयास गर्दा प्रतिकारमा उत्रिएका हजारौं सुकुम्बासीहरु अहिले शान्त देखिएका छन् । उनीहरु सामान सार्नमा व्यस्त देखिँदा प्रहरीहरुले समेत उनीहरुलाई सहयोग गरिरहेको छ । नेपाल प्रहरीका जवानहरुले सुकुम्बासीहरुको घर टहरामा रहेका सामानहरु सुरक्षित ठाउँमा राखिदिने काममा सहयोग गरिरहेको दृष्य देखिएको छ ।
सुकुम्बासीहरु कुनै प्रतिआक्रमणमा नउत्रिकन सामान सार्न व्यस्त भएपछि प्रहरीले सुकुम्बासीका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर लगायतका अत्यावश्यक सामानहरू सुरक्षित रुपमा राख्न सहयोग गरिरहेको छ ।
![]() |
![]() |
![]() |
|---|
बर्षौ देखि अतिक्रमित उक्त जग्गा खालि गर्न धेरैपटक सरकारले प्रयास गरेको थियो । सुकुम्बासीहरु प्रतिकारमा उत्रने, कतिपय राजनीतिक दलले समेत सुकुम्बासीलाई तत्काल हटाउन नहुने अडानका बिच अहिले सम्म हटाउन सकिएको थिएन । बालेन सरकार आएपछि सुकुम्बासीलाई व्यवस्थापनको जिम्मा लिने घोषणा सहित तयार गरेकोले सुकुम्बासीहरु प्रतिकारमा नउत्रिएको देखिएको छ ।



