Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

बैंक तथा वित्तिय संस्थालाई ओलीले झापामै सञ्चालित प्रसार्ईको व्यवसायीलाई कालोसूचीमा राख्न दबाब

बैंक तथा वित्तिय संस्थालाई ओलीले झापामै सञ्चालित प्रसार्ईको व्यवसायीलाई कालोसूचीमा राख्न दबाब
  • २४ बैशाख २०८२, बुधबार १५:१२

काठमाडौं– प्रधामन्त्री केपी ओलीले आफनै जिल्लामा सञ्चालित दुर्गा प्रसाईको मेडिकल कलेज, विएण्सी हस्पीटल र पुर्वाञ्चल क्यान्सर अस्पताललाई अप्रत्यक्ष रुपमा दबाब सिर्जना गर्न थालेका छन् । ओलीले पुर्वमा व्यवसायका रुपमा विकास र आर्थिक उन्नतिको लय समात्दै अघि बढेको प्रसाईको व्यवसायीमा लगानी गरेको बैंक तथा वित्तिय संस्थालाई कर्जा असुल्न दबाब लिन थालेका छन् ।

mulpatra

ओलीले गत चैत १५ गतेको तीनकुने घटनापछि प्रसाईको व्यवसायीमा कर्जा लगानी गरेका बैंक तथा वित्तिय संस्थालाई यस्तो दबाब दिएका हुन् । देशको प्रधानमन्त्री समेत रहेका ओलीले आफनै गृहजिल्लामा सञ्चालित प्रसाईको व्यवसायीमा लागि गरेका बैंक तथा वित्तिय संस्थालाई तत्काल लगानी उठाउन दबाब दिदै आएको प्रसाईको व्यवसायीमा लगानी गरेका एक जना बैंक सञ्चालकले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीले लगानी नदिए प्रसाईको तीनै वटै व्यवसायीलाई कालोसूचीमा राख्न बैंक तथा वित्तिय संस्थालाई दबाब दिइरहेका छन् ।

आफनै गृहजिल्लामा सञ्चालन भइरहेको प्रसाईका सबै व्यवसायीलाई कालोसूचिमा राख्न दबाब दिन प्रधानमन्त्री ओली नै लागिपरेको ती बैंक सञ्चालनका आरोप छ । यसका असर समग्र झापा पर्ने उनले बताए । ‘सरकार नेतृत्व गरेका व्यक्ति यति हदसम्म गिरेर काम गरिरहेका छन् । आफनो गृहजिल्लाकै व्यवसायलाई कालोसूचिमा राख्न प्रधानमन्त्रीले दबाब दिनु कस्तो प्रवृत्ति होला ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयान लिन सुरु गरेको छ । सोमबार ब्युरोले उच्च सरकारी वकिल कार्यालयमा झिकाएर उनीसँग बयान लिन सुरु गरेको हो ।
सीआईबीका अनुसार उनले विभिन्न बैंकबाट करिब ५ अर्ब ऋण लिएका छन् । तर, उनले जुन प्रयोजनका लागि ऋण लिएका हुन् त्यसविपरीत प्रयोग गरेर बैंकिङ कसुर गरेको अनुसन्धान गरिदै छ । तर प्रसाईले भने जुन प्रयोजनका लागि ऋण लिएका थिए ।

प्रहरीले गत चैत १५ गतेको तीनकुने घटनामा जोडेर प्रसाईलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा जोडेको छ । यो सबै गलत भएको अधिवक्ता स्वागत नेपालको तर्क छ । उनका अनुसार कर्जा स्वीकृति भएकै आधारमा प्रसाईले सबै बैंक तथा वित्तिय संस्थालाई कर्जा तिर्दै आएका छन् । तर एउटा घटनालाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा जोडेर उनलाई दुख दिएको उनको आरोप छ ।

उनले लिएको ऋणको अहिले ब्याजसहित करिब ७ अर्ब पुगेको हल्ला बाहिर चलाइएको छ । तर प्रसाईले सञ्चालन गरेका व्यवसायको साँवा–ब्याज तिर्दै आएको उनीनिकट व्यवसायीहरु बताउँछन् । प्रसाईले भविष्यमा सञ्चालनमा ल्याउन लागेको तारे होटलमा लोन स्वीकृति गरेका कतिपय बैंकले अहिलेसम्म कर्जा नदिएपछि होटल सञ्चालनमा ल्याउन समस्या भइरहेको उनको परिवारले बताउँदै आएका छन् ।

Image Source: © https://mulpatra.com

अहिले प्रसाईको व्यवसाय उनको दिदी, छोरा–बुहारी र श्रीमतीले सञ्चाल गदै आएका छन् । प्रसाईले सबै आफनो व्यावसाय परिवारलाई जिम्मा लगाएका छन् ।

त्यही क्षेत्रमा लगानी गरेको र कतिपय ऋण स्वीकृति भएपनि बैंक तथा वित्तीय संस्थाले कर्जा दिएका छैन । जसका कारण व्यवसाय सञ्चालनमा समस्या पनि प्रसाईका परिवारले खेप्नु परेको छ । तर प्रहरीले कर्जा स्वीकृतिलाई आधार बनाएर प्रधामन्त्री ओलीको निर्देशनमा जबरजस्ती प्रसाईमाथि अनुुसन्धान थालेको छ ।

प्रसाईलाई राजनीतिक घटनाको समस्या व्यवसायमा सरकारले जोडेको देखिन्छ । जसका कारण उनीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दा सरकारले चलाएको आरोप पनि लाग्न थालेको छ ।