Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

ताप्लेजुङका दुई नेतालाई एमालेको कारवाही

ताप्लेजुङका दुई नेतालाई एमालेको कारवाही
  • २४ बैशाख २०८२, बुधबार १५:२०

काठमाडौं– नेकपा एमालेले कोशी प्रदेशका पूर्वमन्त्री तथा पार्टीका ताप्लेजुङ पूर्व जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङलाई कारबाही गरेको छ । उनीसँगै युवा नेता तथा प्रदेश विभाग सदस्य मणि पोमु पनि कारबाहीमा परेका छन् ।

mulpatra

कोशी प्रदेश कमिटीको मंगलवार विराटनगरमा बसेको बैठकले दुवै नेतालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको प्रदेश इन्चार्ज शेरधन राईले बताए । उनीहरुमाथि युवा संघको जिल्ला अधिवेशनमा हातपात र तोडफोडको आरोप छ ।

गत वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा दुई पक्षबीच विवाद भएको थियो । नेतृत्व चयनपछि पोमुको नेतृत्वमा आक्रमण भएर केही घाइते समेत भएको बताइएको छ ।

mulpatra mulpatra mulpatra

सो घटनामा पोमु प्रत्यक्ष संलग्न रहेको र साम्सोहाङले निर्देशन दिएको आरोप छ । घटनाबारे छानवीन गर्न प्रदेश कमिटी उपाध्यक्ष टीकाराम चेम्जोङको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन गरिएको राईले बताए ।

सो समितिको प्रतिवेदनका आधारमा थप निर्णय हुने उनको भनाइ छ । अहिले साम्सोहाङ प्रदेश सल्लाहकार परिषद सदस्य र पोमु पर्यटन विभागको सदस्य छन् ।