सत्ता दुरुपयोग गरी अनुसन्धान गर्दापनि प्रसाईलाई फसाउन ओलीले प्रमाण नभेटेपछि अर्को विकल्प खोज्दै

सत्ता दुरुपयोग गरी अनुसन्धान गर्दापनि प्रसाईलाई फसाउन ओलीले प्रमाण नभेटेपछि अर्को विकल्प खोज्दै
  • २६ बैशाख २०८२, शुक्रबार १४:२४

काठमाडौं– तीनकुने घटनालाई जोडेर प्रधानमन्त्री केपी ओलीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई फसाउन सबै राज्यशक्ति प्रयोग गरेका छन् । ओलीले यति धेरै राज्यशक्तिको दुरुपयोग गर्दापनि प्रसाईलाई फसाउने आधार भेटेनन् । जसका कारण अहिले स्यंम प्रधानमन्त्री ओली तनाबमा छन् ।

mulpatra

ओलीले प्रसाईलाई तीनकुने घटनामा सिधै व्यक्तिगत इगो देखाए । उनको व्यक्तिगत इगोमा सरकारी वकिल र प्रहरीको प्रयोग गरे । ओलीले प्रसाईलाई २०८४ सम्म जेल हाल्ने गरी तीनकुने घटनामा मुद्दा लगाउन चाहेको प्रहरी नै बताउँछन् ।

गत चैत १५ गते तीनकुने घटनाको मुख्य योजनाकारका रुपमा प्रसाईलाई मुद्दा चलाउन ओलीले ठुलै शक्ति प्रयोग गरे । त्यति मात्र होइन । राजतन्त्रको पक्षमा गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई प्रसाईंले योजनाबद्ध रूपमा हिंसात्मक बनाएको प्रहरी निष्कर्ष छ । यसमा पनि प्रहरीले अदालतमा बलियो प्रमाण जुटाउन सकेनन् ।

mulpatra mulpatra mulpatra

तीनकुने घटनाका योजनाकारका रूपमा उनीमाथि अभियोजन गर्ने प्रहरी तयारी थियो । प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान जानुको साथै निजी तथा सरकारी भवन, कार्यालय तथा सवारीसाधनमा आगजनी र तोडफोड भएको थियो । यो विषयसँग सम्बन्धीत प्रसाई नभएको र प्रमाण नभेटाएपछि अहिले ओलीले उनीमाथि अरु विषयलाई जोडेर मुद्दा चलाउन प्रहरीसँगै सरकारी वकिललाई निर्देशन दिएको पाइएको थियो । तर कानुनका दुरुपयोग गरेर अनुसन्धान गर्दा सरकार निकायमाथि प्रश्न उठन थालेको छ । त्यही भएर ओलीको निर्देशन प्रहरी र सरकारी वकिल हिच्किचाउन थालेका छन् ।

प्रसाईलाई प्रहरीले संगठित अपराध र राज्यविरुद्धको कसुर मुद्दामा उनीमाथि अनुसन्धान अघि बढाएको छ । तर यही मुद्दामा प्रसाई कतैबाट दोषी नदेखिने सरकारी वकिलहरुले नै बताउँदै आएका छन् । यो मुद्दामा पनि सरकार कमजोर भएपछि ओलीकै निर्देशनमा प्रहरीले प्रसाईमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दा अघि बढाइयो । तर यसमा पनि प्रसाईको दोष कतै भेटिएन । भने उनले पैसा दुरुपयोग गरेको भेटिएनन् ।

त्यसपछि प्रसाईलाई फसाउन ओलीले अर्को विकल्प खोज्न समेत सरकारी वकिल र प्रहरीलाई निर्देशन दिएको पाइन्छ ।
प्रहरीले गत चैत १५ गतेको तीनकुने घटनामा जोडेर प्रसाईलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा जोडेको छ । यो सबै गलत भएको अधिवक्ता स्वागत नेपालको तर्क छ । उनका अनुसार कर्जा स्वीकृति भएकै आधारमा प्रसाईले सबै बैंक तथा वित्तिय संस्थालाई कर्जा तिर्दै आएका छन् । तर एउटा घटनालाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा जोडेर उनलाई दुख दिएको उनको आरोप छ ।

Image Source: © https://mulpatra.com

उनले लिएको ऋणको अहिले ब्याजसहित करिब ७ अर्ब पुगेको हल्ला बाहिर चलाइएको छ । तर प्रसाईले सञ्चालन गरेका व्यवसायको साँवा–ब्याज तिर्दै आएको उनीनिकट व्यवसायीहरु बताउँछन् । प्रसाईले भविष्यमा सञ्चालनमा ल्याउन लागेको तारे होटलमा लोन स्वीकृति गरेका कतिपय बैंकले अहिलेसम्म कर्जा नदिएपछि होटल सञ्चालनमा ल्याउन समस्या भइरहेको उनको परिवारले बताउँदै आएका छन् ।

अहिले प्रसाईको व्यवसाय उनको दिदी, छोरा–बुहारी र श्रीमतीले सञ्चाल गदै आएका छन् । प्रसाईले सबै आफनो व्यावसाय परिवारलाई जिम्मा लगाएका छन् । अहिले प्रसाई नागरिक बचाउ महाअभियानमा मात्र संलग्न छन् ।